राजनीति समाचार

म.थि.न.पा वडा न ४ मा नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्न ।

Buzz Education

भाद्र -२३ –मध्यपुर थिमि नगरपालिकाको वडा न ४ मा नेपाली कांग्रेसको वडा अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनले वडा  सभापतिमा राज सुन्दर श्रेष्ठलाई सभापतिमा मनोनयन गरेको छ ।

त्यस्तै उप – सभापतिमा बिवेक श्रेष्ठ तथा रबिन्द्र मान श्रेष्ठ छनौट हुनुभएको छ ।  सचिबमा सुस्मा श्रेष्ठ र राजेस श्रेष्ठ तथा सह सचिबमा सुनिल नकर्मी निर्बिरोध रुपमा मनोनित हुनुभएको छ । निर्वाचित हुने सदस्यहरूमा परमेश्वर श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, लक्ष्मी लाल श्रेष्ठ, प्रेम सुन्दर श्रेष्ठ, सुदिप श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुदिप श्रेष्ठ र गंगाराम श्रेष्ठ रहनुभएको छ ।

निर्वाचित हुने वडा समितिको खुल्ला महिला सदस्य तर्फ सोनी श्रेष्ठ, रश्मी श्रेष्ठ , अन्जनी श्रेष्ठ र राधिका श्रेष्ठ रहेका छन । आदिबासी जनजाति खुल्ला तर्फ शसि श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सुरोज श्रेष्ठ, लक्ष्मी केशरी श्रेष्ठ र जमुना म्हेपु रहेका छन ।
वडा न ४ मा कुल ७१८ जना कृयाशिल सदस्य रहेकोमा ५७ जना क्षेत्रिय प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन ।


चुनिएका क्षेत्रिय प्रतिनिधिहरुमा कान्छा श्रेष्ठ, राजेन्द्र लक्षिक श्रेष्ठ, बिरेन्द्र बज्राचार्य, सुबिन श्रेष्ठ, बालकृष्ण पिला श्रेष्ठ, पवन श्रेष्ठ, इश्वर श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठ गछे, राजेन्द्र श्रेष्ठ, दिप सुन्दर श्रेष्ठ, चन्द्र कृष्ण श्रेष्ठ, नजर मान श्रेष्ठ, शुक्र बीर जोशि, राजेश मानन्धर, तेज कृष्ण श्रेष्ठ, बिपिन श्रेष्ठ , बिद्याराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ कविन्द्र श्रेष्ठ , राजेश श्रेष्ठ, गणेश मान श्रेष्ठ, उमेश बोडे श्रेष्ठ,इन्द्र मान श्रेष्ठ, बिश्व हरि श्रेष्ठ, रत्न कृष्ण श्रेष्ठ आदि रहेका छन ।


खुल्ला महीला तर्फ कमल शोभा कायस्थ, रीना महर्जन, शुसिला श्रेष्ठ, श्याम सुन्दरी श्रेष्ठ , सानु छोरी श्रेष्ठ, सत्य लक्ष्मी श्रेष्ठ, जमुना श्रेष्ठ, सृजना श्रेष्ठ, सुजना श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, दिल लक्ष्मी कायष्ठ, मिनेश्वरी श्रेष्ठ, रमिला कपाली र नानि छोरी श्रेष्ठ रहेका छन ।


महिला सदस्य तर्फ प्लेस्ना प्रजापति,लक्ष्मी नानी श्रेष्ठ, सबिना श्रेष्ठ , प्रदिना श्रेष्ठ, बिजया लक्ष्मी नानिचा, पूर्ण केसरी श्रेष्ठ र मन्दिरा श्रेष्ठ निर्विरोध छनौट हुनु भएको छ भने शारिरीक रूपले फरक क्षमता भएका व्यक्तिमा रत्न केसरी श्रेष्ठ मनोनित हुनुभएको छ । खस आर्य खुल्ला तर्फबाट प्रकाश ढकाल र महिला तर्फ सरस्वती शर्मा सर्वसमात छनौट हुनुभएको छ ।


त्यस्तैगरी आदिबासी जनजाति तर्फबाट रामकाजी श्रेष्ठ, राम सुन्दर श्रेष्ठ, सुन्दर श्रेष्ठ, पूर्ण कृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, शैलेश श्रेष्ठ र कुमार श्रेष्ठ सर्बसम्मत रुपमा चयन गरीएको छ ।
मनोनित सबै पदाधिकारहरू तथा क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा सुभकामना दिनु हुँदै नेपाली कांग्रेसका मध्यपुर थिमि नगर सभापति सुरेन्द्र श्रेष्ठले संगठन मजबुद बनाउन लागि पर्न सबैमा आग्रह गर्नुभयो । साथै आगामी नगर सभापतिको चुनाबमा आफु उम्मेदबार हुने घोषणा पनि गर्नु भएको छ।

Buzz Education

ताजा समाचार

भक्तपुर नगर अधिवेसनमा तमखुको प्यानल बिजयी

Madhyapur Diary

बलिउड कलाकार सिद्धार्थ सुक्लाको हृदयघाटका करण मृत्यु

Madhyapur Diary

मंशिर ४ को प्रदेश सभा चुनाबमा मध्यपुर कांग्रेसका कुन कुन नेताको छ उम्मेदबारी सम्भाबना ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy