समाचार समाज

राजु श्रेष्ठको हत्यामा संलग्नको निस्पक्ष छानबिन गर्न राष्ट्रिय युवा संघ, भक्तपुरको माग ।

Buzz Education

मंशिर – २३ – राष्ट्रिय यूवा संघ नेपाल भक्तपुर का सदस्य राजु श्रेष्ठ ( आर.पी ) को बालकोटमा भएको बिभत्स र निर्मम हत्याको सत्य तथ्य छानबिनको माग गर्दै बिहिबार मध्यपुर थिमिको शंखधर पार्टी प्यालेसमा दबाब तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर को आयोजनामा गरिएको उक्त कार्यक्रममा राजु श्रेष्ठ को हत्यामा संलग्न अपराधिलाई कडा भन्दा कडा कारबाही गर्न र सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रेस बिज्ञप्ति सार्बजनिक गरीएको हो।

बिज्ञापन

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले राजु श्रेठको हत्या को अनुसन्धान पारदर्शि र निस्पक्ष हुनु पर्ने माग गर्नु भयो । राजु श्रेष्ठको हत्या निक्कै नै पाशविक तरिकाले भएको उल्लेख गर्दै कम्पाउण्डले घेरीएको घरभित्र भेटिएको रगत कुकुर को रगत भनी भ्रम छर्न खोजिएको ले दुई व्यक्ति मात्रै नभई अन्य व्यक्ति पनि हत्यामा संलग्न रहेको हुनु सक्ने आशंका व्यक्त गदै निस्पक्ष छानबिनको माग गर्नु भयो ।अपराधिक मनस्थितिले घटाईएको यो घटना मा संलग्न अरु व्यक्तिहरुलाई पनि छानबिन गरी कारबाही को दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गर्नु भयो ।

हत्या भएका राजु श्रेष्ठ का दाजु भाई कृष्ण श्रेष्ठले बिस पच्चिस बर्ष संगै हिडेका साथि बाट भएको हत्यामा संलग्न व्यक्ति अपराधिक मानसिकता बाट प्रेरित भई नै गरेको र हत्या भएको स्थान भन्दा सयमिटर परको कम्पाउन्ड भित्र देखिएको रगत कस्को हो त्यस्को निस्पक्ष छानबिन र परिक्षण हुनुपर्ने माग गर्नु भयो । उहाले प्रहरीले आफ्नो अनुसन्धान जारी राख्दै गर्दा अनुसन्धानको दायरा अझै फराकिलो हुनुपर्ने बताउनु हुँदै रगत कस्को हो भनि निरक्यौल रिपोर्ट आईसकेपछी मात्रै हत्यामा संलग्न हरुको बारोमा प्रहरीले पत्रकार सम्मेलन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटिका अध्यक्ष पुष्प राज बस्नेतले संघ द्वारा जारी बिज्ञप्ति बाचन गरी सुनाउनु भएको थियो।

बिज्ञान श्रेष्ठ – मध्यपुर डायरी संबाददाता ।

Buzz Education

ताजा समाचार

सौताका छोराको हत्या गरेर जेल गएकी रागनीले जन्माईन जेलमै छोरा

Madhyapur Diary

मध्यपुर थिमिमा घरको छटबाट खसेर युवकको मृत्यु ।

Madhyapur Diary

मध्यपुरका यूवा गायक आश्रय रन्जितको मेरी मायालु बोलको गीतको भिडियो सार्वजनिक |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy