अर्थतन्त्र समाचार समाज

मध्यपुर थिमिको मिलरोडमा बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सञ्चालनमा

Buzz Education

 

भदौ २४ – मध्यपुर थिमि नगरपालिका वडा न ७ स्थित मिलरोडमा बिहीबार बिषमता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो कारोबार सुभारम्भ गरेको छ । प्रदेश सहकारी ऐन २०७६ अन्तरगत विषमता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडामा दर्ता भई मध्यपुर थिमि नगरपालिका ७, मिलरोड भक्तपुरमा प्रधान कार्यालय रहने गरी हिन्दुहरूको महान चाड तीजको अवशर पारी उद्धघाटन गरिएको हो। भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले सो कार्यालयको उद्घघाटन गर्नु भएको हो ।

समुदायमा निश्कृय भएर रहेको पुँजीलाई सदुपयोग गरि उक्त पुँजीलाई सदस्यहरुमा सरल एवम सहज रूपमा कर्जा प्रवाह गरि सदस्यलाई स्वरोजगार बनाई व्यक्तित्व बिकास गर्ने बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको उद्देश्य रहेको अध्यक्ष बिजय श्रेष्ठले बताउनु भएको छ । आगामि दिनहरूमा संस्थाबाट बिदेशबाट सजिलै रकम प्राप्त गर्न सकिने गरी सेवा प्रदान गरिंदै लगिने पनि उहाँले बताउनु भएको छ ।

अहिलेको प्रतिस्पर्धात्मक बजारको अवस्था अनुसार संस्थाको अधिकृत शेयर पूँजी रु १०,००,००,००० (दश करोड )रुपैया कायम गरीएको छ।

दैनिक कारोबार सञ्चालन गर्न तथा सञ्चालक समितिले तोकिएको निति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले ब्यबस्थापन गर्न समितिबाट कार्यकारी पदाधिकारी तथा अनुभवी कर्मचारी हरू सहित संस्था सञ्चालनमा ल्याईएको बताईएको छ । त्यस्तै सदस्यहरूलाई कारोबारमा छिटो छरिटो भरपर्दो एवम बिश्वासिलो सेवा प्रदान गर्न finacct software जडान गरिएको छ। साथै प्रत्येक कारोबारको BacK -up सुरक्षित गर्न Hard Disk को प्रयोग गरीएको बताईएको छ ।

संस्थाले निक्षेप योजना अन्तरगत किसान, साधारण, बिशेष र विषमता शिर्षकमा क्रमश रू ५००, १०००,२००० र ५००० मा क्रमश ७ % , ८%, ८% र ९% ब्याज दर कायम रहनेगरी सेवा सुरू गरेको छ भने अवधि बजत अन्तरगत ६ महिना, १ बर्ष र २ बर्ष मा क्रमश ८ %, ९%, र १० % ब्याजदर कायम गरिएको छ । बाल बचत अन्तरगत १ बर्ष, २ बर्ष र ३ बर्षको अवधिमा क्रमश १० %, ११% र १२ % ब्याजदर कायम गरिएको छ । यस्तै नारी बचत अन्तरगत १,२ र ३ बर्षको अवधिमा क्रमश प्रत्येकमा १०% ब्याजदर कायम गरिएको छ । जेष्ठ नागरिक बचत अन्तरगत २ बर्षको अवधिमा % ब्याजदर कायम गरिएको छ । सरल मुद्धती बचत अन्तरगत भने १ बर्षको अवधिमा १० % ब्याज भुक्तानीको ब्यबस्था गरिएको छ । मुद्धती निक्षेप अन्तरगत ६ महिना, १ बर्ष,२ बर्ष र ३ बर्ष को एकमुष्ट १०% देखि १३ .५ % सम्म ब्याज कायम गरिएको छ । त्यस्तै कर्जा अन्तरगत ब्यबसायिक कर्जामा १४.७५%, लघु कर्जामा १४.७५ %, कृषि कर्जामा१४.७५ % सामूहीक जमानी कर्जामा१४.७५ %, घर जग्गा कर्जामा १४.७५ % र मुद्धती धितो कर्जामा +२ % त्रैमासिक ब्याजको ब्यबस्था गरिएको छ ।

Buzz Education

ताजा समाचार

बिनायकमा दशैको टिका जमरा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

सौताका छोराको हत्या गरेर जेल गएकी रागनीले जन्माईन जेलमै छोरा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy