समाज

जस्ले दसौ लाखको पुस्तक किने – सजिब श्रेष्ठ

Buzz Education

भदौ १५ – भक्तपूरको मध्यपुर थिमि नगरपालिका वडा न प्‍ बोडे, लाछी टोलका ६५ बर्षिय सजिब था श्रेष्ठले जिन्दगीभर मानिस बाहेक एउटै चिज संग प्रेम र मित्रता गर्नुभयो , त्यो हो पुस्तक । विद्यार्थीकाल देखि नै पुस्तक अध्यन र संग्रहमा निक्कै रुचि राख्नुहुने यी अवकाश प्राप्त शिक्षकले आफ्ना जिवनको उत्तरार्दमा पुस्तक संगको त्यो प्रेमलाई मूर्त रूप दिन सफल हुनु भएको छ।


बोडेको लाछी टोल स्थित आफ्नै निवासमा आफूले संग्रह गरेका १० हजार बढी पुस्तकलाई लिएर २०७५ माघ १८ गते पुस्तकालय सञ्चालना ल्याउनु भाको थियो।
उहाँको जिन्दगीमा पुस्तक अध्यन र संग्रह एउटा यस्तो नशा बन्न पुग्यो की जिन्दगी भरीको संग्रहमा आठ देखि दश लाख सम्मका पुस्तकहरू किन्न भ्याउनु भयो ।

advertise

बोडे क्षेत्रमा भएको पुस्तकालय अभाबलाई ध्यानमा राख्दै ती पुस्तकहरूलाई ब्यबस्थित गरी यी भू.पू अवकाश प्राप्त शिक्षकले समाजसेवा हेतु ब्याक्तिगत लगानीमा “जन्मभूमि बोडे पुस्तकालय ” स्थापना गर्नु भएको हो। राष्ट्रिय पुस्तकालय दिवस २०७८ को अवशरमा मध्यपुर डायरी संवाददाता संगको कुराकानीमा आफ्नो पुस्तक प्रेम र पुस्तक संग्रहको नशाको बारेमा केही कुरा बताउनुभयो ।

केही बर्ष अगाडीसम्म  सञ्चालनमा रहेको बोडेको एकमात्र पुरानो पुस्तकालय “झि : पुच:सपु ढुकु ” नामक पुस्तकालय २०७२ सालको भूकम्पले जिर्ण र धारासाही बनेपछी त्यसको पुनर सञ्चालन गर्न थुप्रै प्रयास गर्नुभयो । तर ती प्रयास असफल भएपछी आफूले जीवनभर संग्रह गरी राखेका झन्दै १० हजार बराबरको संख्यामा रहेका बिभिन्न बिषयबस्तुका पुस्तकहरू लाई लिएर आफ्नै निजि निवासमा जन्मभूमि बोडे पुस्तकालय स्थापना गर्नुभयो। उहाँको पुस्तकालयमा  पुस्तकहरूका अलावा बिभिन्न दैनिक,पाक्षिक तथा मासिक पत्रपत्रिकाहरुपनि रहेका छन् ।

advertisement

उहाँले आफ्नो यो पुस्तकालयमा इतिहाँस, नियात्रा, जिवनी, अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, शिक्षा, साहित्य, पाठ्यपुस्तक , राजनिति लगाएत धर्म, संस्कृति, आर्युबेद एवम उद्योग बाणिज्य सम्मका पुस्तकहरू पाउन सकिन्छ।

 १% भन्दा कम पुस्तकहरू अरु बाट सहयोग प्राप्त भएका भएपनि बाँकी ९९% पुस्तकहरू आफैले किन्नुभएको हो। नेपालमा प्रकाशित ७५% ईतिहास सम्बन्धी पुस्तकहरू आफूसंग रहेको र बिश्व ईतिहाँस सम्बन्धि पुस्तकहरू पनि रहेको बताउनुहुन्छ।

आजभोलि युवाहरुमा अहीले पठन संस्कृति लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाले युवापुस्ता मोबाईल र इन्टरनेटमा झुन्डीने नभई ज्ञान, बुद्धिको बिकास एवम बौदिकता बिकासका लागि पुस्तक पढन जरूरी रहेको बताउनुभयो ।

Buzz Education

ताजा समाचार

झापामा एकै परिवारका ३ जनाले गरे आत्महत्या ।

Madhyapur Diary

मध्यपुर – ६ – गुङग : चिवा : परिसरमा सामुदायिक भवनको सिलान्यास कार्यक्रम ।

Madhyapur Diary

मध्यपुरमा नेकपा माओबादी केन्द्रको नगर अधिवेशन उदघाटन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy