Uncategorized घुमफिर समाचार

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

 

भदौ १५ -चितवनको पतिहानीमा एक अर्ब रुपैयाको लगानीमा पटिहानी रिसोर्ट सञ्चालन हुने भएको छ। भरतपुर नगरपालिका अन्तरगत राप्ति नदीको तटिय क्षेत्रमा यो रिसोर्ट अत्याधुनिक सुविधा सहीत सञ्चालनमा आउन लागेको हो। हाल सम्म ७५ % लगानी भईसकेको र सम्पूर्ण काम सकुन्जेल सम्ममा १ अर्ब लगानी हुने रिसोर्टका प्रबन्ध निर्देशक रिसि न्यौपानेले जनाउनु भएको छ ।
रिसोर्टमा सातवटा भिल्ला निर्माण गरिएको छ जुन सार्क स्तरिय राष्ट्रप्रमुख सम्म बस्न मिल्ने गरी बनाइएको बताईएको छ । सात मिल्ला मध्ये दुईवटामा स्वीमीङ पुल समेत रहेका छन ।
रिसोर्टमा ५२ अधिक कोठाहरू र बिभिन्न क्षमताका हलहरू रहेका छन भने ५०० जनाले एकैपटक बसेर खाना खान मिल्ने रेस्टुरेण्ट समेट रहेका छन ।
बिदेशी पाहुनाहरू लक्षित गरी निर्माण गरिएको सो रिसोर्टमा नजिकैको सामूदायिक बनमा सफारी गर्न हात्ती सफारीको ब्यबस्था गरीएको छ ।

ताजा समाचार

‘ईकुपिटाङ ‘ मार्फत ईकु ईकु अर्थात सुलेमान शंकर फेरी दर्शकमाझ आउँदै ।

Madhyapur Diary

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Madhyapur Diary

मध्यपुर -९ मा मिस लिटिल नेवाः सोसियल वेलफेयर एम्बेस्डर र मिस फ्रेन्डसिप बिजेता आर्या श्रेष्ठ सम्मानित ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy