मनोरञ्जन समाचार समाज

मध्यपुरका यूवा गायक आश्रय रन्जितको मेरी मायालु बोलको गीतको भिडियो सार्वजनिक |

Buzz Education

पुष – ५ – मध्यपुर थिमिका उदयमान एवम प्रतिभावान गायक आश्रय रन्जितको मेरी मायालु गीतको म्यूजिक भिडियोको सोमबार मध्यपुर थिमि स्थित थिमि ब्याङक्वेटमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मध्यपुर थिमि चपाचोका १९ बर्षे गायक आश्रय रन्जितको स्वर, संगीत र शब्द रहेको उक्त गीत ए.आर.प्रडक्सनको निर्माणमा बनेको हो । मेरी मायालु बोलको उक्त गीतको भिडियोलाई म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर एवम छायाँकार द्ववारिका अधिकारीले निर्देशन गरेका छन । उक्त गीतको भिडियोमा गायक आश्रय रन्जित स्वयम र मोडल ऋतु बस्नेतले अभिनय गरेका छन भने उक्त गीतको छायांकन मध्यपुर ८ बोडे स्थित कुमारी पार्क परिसर, पलेस्वाँ पुखु र सुर्यबिनायक नगरपालिका गाम्चा स्थित दरबार रिसोर्टमा गरीएको छ । उक्त गीतको भिडियो नमस्ते ख्वप टेलिभिजन तथा नमस्ते ख्वप टेलिभिजनको युट्युब च्यानल मार्फत कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले सार्वजनिक गर्नु भएको हो ।

मध्यपुरका यूवा गायक आश्रय रन्जित
मध्यपुरका यूवा गायक आश्रय रन्जित

गीतका गायक तथा सर्जक आश्रय रन्जितले आफुले आमाबुबाको साथ र समर्थनले गीत संगीत क्षेत्रमा लाग्न प्रेरणा मिलेको मध्यपुर डायरी संबाददाता संग कुरा गदै उक्त गीत रोमान्स र ट्रेजिडीमा आधारित रहेको बताउनु भयो ।
म्युजिक भिडियोका निर्देशक द्वारिका अधिकारीले गीत, संगीत,शब्द र गायनमा उत्कृस्त रहेको उक्त गीतलाई सुहाउँदो र सक्दो न्याय दिन आफ्नो टिमले निक्कै मेहनत गरेको प्रतिक्रया दिए । “पुराना म्युजिक भिडियो निर्देशन गर्दा भन्दा बढी मेहनत र तयारी म र मेरो टिमले गरेका छौ र मेहनत अनुशारको राम्रो प्रतिकृया हामीले पाएका छौं । ” उनले भने ।

प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले भौतिक संरचनाको बिकास लाई मात्र बिकास मान्न नसकिने भएकाले नगर भित्र रहेका अमूर्त कला कृति र प्रतिभाहरुको उत्थानको लागि मध्यपुर थिमि नगरपालिकाले हातेमालो गर्दै आएको बताउनु भयो ।
बिशेष अतिथि तथा मध्यपुर थिमि नगरपालिका उपप्रमुख अन्जना देबी मधिकर्मीले गायक तथा सर्जक आश्रय रन्जितको सफल गायन यात्राको कामना गदै हार्दिक बधाई ज्ञापन गर्नुभयो।
कार्यक्रममा उक्त म्युजिक भिडियो तयारी गर्न लागिपर्ने बिभिन्न पक्षका व्यक्तित्वहरुलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
मेरी मायालु गीतमा शब्द, संगीत र स्वर आश्रय रन्जित स्वयमको रहेको छ भने गीतका एरेन्जर किरण कायष्ठ, क्यामेरा असोक कुमार बस्नेत, सम्पादन शक्ति प्रज्वल घिमिरे र पोष्ट प्रडक्सन हवाईट प्रडक्सनमा गरिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

बसन्त चौधरीलाई हृदयघाट- दुबाईमा सर्जरी हुँदै

Madhyapur Diary

मध्यपुर थिमिमा राष्ट्रिय भारतोलन प्रतियोगिता हुने ।

Madhyapur Diary

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy