समाचार समाज

भक्तपुरमा कानुन ब्यबसायीहरुको भेला सम्पन्न ।

फागुन १७– कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानून व्यवसायीहरूको भेला बुधबार सम्पन्न भयो । यही फागुन २० गते शनिबार हुन गइरहेको भक्तपुर जिल्ला बार एशोसियसनको निर्वाचनका सन्दर्भमा उक्त भेला आयोजना गरिएको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, कानुन अध्ययन समाजका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सुनिल प्रजापतिले पेसागत सङ्घ–सङ्गठनको निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक अधिकारको अभ्यास र वैचारिक सङ्घर्ष भएको बताउनुभयो ।
पेसाअनुसारको कार्य गर्नुका साथै समाजलाई प्रगतितिर लाने बुद्धिजीवीको भूमिकासमेत निभाउनसक्नुपर्ने उहाँले बताउनुभयो ।
पदको निम्ति भागबन्डामा जान नहुने बताउँदै संस्थापक अध्यक्ष प्रजापतिले भागबन्डाको राजनीतिले प्रजातन्त्र, आलोचना र विरोधको संस्कृतिलाई कमजोर पारेको प्रस्ट पार्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्था भ्रष्टाचारको मुहान भएको बताउँदै पुँजीवादी व्यवस्थाको न्यायालय शुद्ध र भ्रष्टाचाररहित हुने कुरा सोच्न नसकिने बरु भ्रष्टाचार र पुँजीवादी व्यवस्थाको विरोधमा लाग्नुपर्ने बताउनुभयो ।
भेलामा कानुन अध्ययन समाज केन्द्रीय समितिका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले शासक पार्टी निकट ठूला सङ्गठनहरूले कानुनी शासन, देश र जनताको हितका विषयलाई उत्थानसम्म गर्न नसकेको बताउनुभयो । ती ठूला सङ्गठनका र वरिष्ठ भन्नेहरू पदका निम्ति असैद्धान्तिक गठबन्धन र मोलमोलाइमा लाग्ने गरेको उहाँ बताउनुभयो ।
उहाँले न्यायालयमा दलीय राजनीतिक भागबन्डा हुँदा न्यायालय पक्षपातरहित र विवादमुक्त हुन नसकेको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवम् भक्तपुर बारको निर्वाचनमा समाजको तर्फबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता राजु कैतीले बार कब्जा गरेर बसेकाहरूले निर्वाचन जित्नका लागि आफू निकट कानुन व्यवसायीहरूलाई मात्र सदस्यता दिने, अवसर र पदको आश्वासन दिने फोहोरी खेल खेलिरहेको बताउन्ुभयो ।
कार्यक्रममा अधिवक्ताहरू राधेश्याम सुवाल, महेन्द्र खायमली र मनज ज्याख्वोलगायतले बोल्नुभएको थियो ।
भक्तपुर बारको निर्वाचनमा कानुन अध्ययन समाजको तर्फबाट अध्यक्षमा राजु कैती, उपाध्यक्षमा शिवराम बोहजू, सचिवमा गम्वीरमान ज्याख्व, कोषाध्यक्षमा मनज ज्याख्वो र सदस्यहरूमा न्हुछेराम सिबन्जार, प्रेम प्रजापति, सुन्दर राजचल, बाबुकाजी गाइँजू र लक्ष्मीप्रसाद दुवालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै केन्द्रीय पार्षद्मा राधेश्याम सुवाल र महेन्द्र खायमलीले उम्मेदवारी दिनुभएको छ ।

साभार – मजदुर दैनिक

ताजा समाचार

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

फेरिए काठमान्डौका सिडिओ

Madhyapur Diary

निलबारही नाच फोटो फिचर २०७प्‍

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy