समाचार समाज

बोडेमा चिहान बन्यो पार्क – नगर प्रमुख मदन सुन्दर श्रेष्ठद्वारा उदघाटन

Buzz Education

भदौ – १४ – देप परिसर सुधार बोडे उपभोक्ता समितिको आयोजनामा सोमबार भैरब पार्क उदघाटन कार्यक्रम तथा बोडे क्षेत्रमा स्थापना भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई चिहान परिसरको साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्पूर्ण बोडेबासीहरूको एकमात्र दाहसंस्कार गर्ने स्थल रहेको उक्त स्थान बिगतमा अब्यबस्थित अवस्थामा रहेकोमा मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा चिहान परिसरलाई थप ब्यबस्थित बनाई हरियालि सहीतको बगैचा निर्माण गरीएको हो। चिहान परिसरमा पुग्ने जोकोही व्यक्ति पनि उक्त स्थानको फेरीएको रूपलाई लिएर अचम्मित हुने गरेका छन ।

कुमारी मन्दीर परिसरलाई पार्कको रूपमा निर्माण गरेको मध्यपुर थिमि नगरपालिकाले बोडेको यस देप (चिहान ) परिसरलाई पनि उद्यानको रूपमा परिणत गरेपश्चात सम्पूर्ण बोडेबासिहरु खुसि भएका छन ।advertise

सोमबार बिहान मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको हातबाट उद्घाटन भएको उक्त परिसर लाई भैरब पार्क नामांकरण गरीएको छ ।

उद्घाटन पश्चात बिभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुलाई चिहान परिसरको साँचो हस्तान्तरण गरीएको थियो। मृत्यु संस्कार गर्न सजिलो होस भनि २४ सै घण्टा पानी आउने गरी बनाईएको नवर्निमित दुंगे धाराको पनि उदघाटन गरिएको छ। सोही स्थानमा ईनारको पनि निर्माण गरीएको छ। पार्क निर्माण भएसंगै पछिल्लो समय अवलोकण , भ्रमण तथा दृश्यावलोकनकालागि मानिसहरू पुग्ने गरेका छन ।

मध्यपुर डायरी संबाददाता

  • तस्वीर – प्रमुख मदन सुन्दर श्रेष्ठ
Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगरपालिकामा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री-वितरणमा कडा निगरानी सुरु।

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनद्वारा कक्षा ११ का बिद्यार्थीहरुका लागी अभिमुखिकरण तथा स्वागत सम्पन्न ।

Madhyapur Diary

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच छलफल, मध्यपुरमा सम्पदा क्षेत्रमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy