असोज – ११
मध्यपुर थिमिको बोडे स्थित मनोहरा खोला पुग्ने खहरे नजिकैको खोला किनारामा रहेको खेतको ईस्कुश झाडीमा कुहीएको अवस्थामा लाश भेटीएको छ।
बिहान इस्कुस टिप्न पुगेका किसानले झाडीमा इस्कुस खोज्ने क्रममा उक्त लाश देखेको बताईएको छ। घटनाको खबर प्राप्त भएपछी प्रहरी घटना स्थलमा पुगेको थियो ।
लाश कुहिएको र गन्हाउने अवस्थामा रहेको तथा किरा लागेको अवस्थामा भेटीएको हो। घट्नाको थप अनुसन्धानकालागि प्रहरीले उक्त लाशलाई पोष्टमोर्टम हेटु लगिएको छ। अन्दाजी – ३० देखि ४० बर्षको अनुमान गरीएको लाश पुरुषको रहेको छ । घटनास्थल बाट लाश संगै एक मोबाईल फोन सेट समेट भेटीएको बताईएको छ।
थप बिवरण आउन बाकि रहेको छ ।