श्रावण -२ मध्यपुर थिमि नगर पालिका क्षेत्र अन्तरगतको मनोहरा पुल देखि राधे राधे सम्मको अरनिको राजमार्ग खण्डमा रहेका समस्या पहिचान र समाधानका उपायहरु पहिल्याउन २०७९ – श्रावण २ गते मध्यपुर थिमि नगरपालिकाको पहलमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ ,उपप्रमुख बिजय कृष्ण श्रेष्ठ,प्रशासकीय अधिकृत चुडामणी पन्थी, १,२,३,४,५,९ , वडाका वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु सहित सुरक्षा निकायका प्रमुखहरु ,काठमाडौ बर्दिबास सडक बिकास आयोजनाका प्रमुख रबीन्द्र लाल दास ,सडक बिभाग प्रमुख सुमन योगेश, भक्तपुर ट्राफिक इन्चार्ज गण श्रेष्ठ , डि एस पी हरिवन्दन चौधरी सहित सरोकारवाला पक्षहरू सहितको अनुगमन टोलीले अरनिको राजमार्गको अबलोकन तथा निरिक्षण कार्य सम्पन्न गरेको छ ।
मध्यपुर थिमिकै गौरबको रूपमा रहेको अरनिको राजमार्ग खण्डमा पछिल्लो समय देखिएका समस्या र गुनासाहरुलाई सम्बोधन गरी ब्यबस्थित ,सुरक्षित र आकर्षक बनाउने उद्देश्यले नगरपालिकाले उक्त निरिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । हाल मनोहरा पुल देखि राधे राधे स्थित हनुमन्ते पुल खण्ड बिचको सडकमा अब्यबस्थित पार्किङ, सडक पेटीको दुरुपयोग, होडिङबोर्ड, अब्यबस्थित फुटपाथ पसल, ढल निकास, जिर्ण सिसी क्यामेरा, ट्राफिक लाईट, आकाशे पुलको समस्या , सडक बत्तीको समस्या आदि बिषयमा निरिक्षण गरीएको हो । अनुगमनकै क्रममा सरोकार वाला निकाय बाट तत्काल समस्याको समाधान हुने गरी पहल हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
नगरपालिकाको समन्वयमा सम्पन्न भएको उक्त अनुगमनमा बिभिन्न निकाय बाट आ आफ्नो क्षेत्रको सुधार गरीने जानकारी दिईएको मध्यपुर थिमि नगर पालिका उप प्रमुख बिजय कृष्ण श्रेष्ठले बताउनु भयो । उहाले फोहर मैला, ढल निकास, पार्किङ, आकाशे पुल, सडक बत्ती, सडक दुर्घटना, फुटपाथ पसल लगायतका अन्य समस्याहरू क्रमस समाधान गर्ने र नगरपालिकाको मात्रै जिम्मेबारी नभएको तर नगर पालिकाको अगुवाईमा सम्पूर्ण निकायलाई घच्घच्याउँदै अरनिको राजमार्गको मध्यपुर खण्डलाई उत्कृष्त खण्डको रूपमा बिकास गरीने पनि उहाले बताऊनु भयो ।
next post
