काठ्मान्डौ उपत्यकामा थप ९०६ संक्रमीत थपियो ।
काठ्मान्डौ उपत्यकामा गत २४ घण्टामा गरीएको पिसिआर तथा एन्टीजेन्ट परिक्षणमा कुल ९०६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण काठमाण्डौमा ६६५ जना, ललितपुरमा १३८ र भक्तपुरमा थप १०३ जना कोराणा संक्रमीत थपिएका हुन ।
मन्त्रालयले जनाएअनुसार हाल काठमाण्डौमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८३ ललितपुरमा २ हजार २ सय दस जना र भक्तपुर जिल्लामा १ हजार ३५३ जना सक्रिय संक्रमीत रहेका छन ।
rगत २४ घण्टामा देशभर भने २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।