मध्यपुर -४ – आर्थिक ,सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सहकारिताको भाबना लाई जगाऔ ” भन्ने मूल नारा बोकी २०५७ असोज २ गते मध्यपुर थिमिका भिभिन्न क्षेत्रमा आबद्द २८ जना महानुभाबहरुले तत्कालिन जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता गरि बाक्लुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको २५ बर्ष पुगेको अवशरमा रजत महोत्सब सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउन लागेको छ । जस अन्तरगत २०८१ भाद्र २७ गते बिहिबार बितिया साक्षरता र सदस्यता बृद्दी कार्यक्रम ,२८ गते भक्तपुर जिल्ला ब्यापी चित्रकला प्रतियोगिता कार्यक्रम ,२९ गते खुल्ला रक्तदान कार्यक्रम ,३० गते जेस्ठ नागरिक आश्रम तथा मानब बिधागृहमा खाना/खाजा खुवाउने वा भौतिक सामाग्री वितरण कार्यक्रम ,भाद्र ३१ गते सरसफाई कार्यक्रम ,असोज १ गते रजत वर्षा २०८१ प्रभातफेरी कार्यक्रम र असोज २ गते २५ औ स्थापना दिवश तथा रजत महोत्सब २०८१ समारोह कार्यक्रम गरि मनाउने रहेको मंगलबार संस्थाको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित पत्रकारहरुलाई जानकारी दिईएको हो ।
संस्थाका बोर्ड सदस्यहरु ,संस्थापकहरु तथा कर्मचारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा संस्थाका सचिब पृथ्बी राम श्रेष्ठले उपस्थित पत्रकारहरुलाई संस्थाले यहि अवशरमा बालकुमारी रजत स्मारिका २०८१ प्रकाशन गर्ने ,एकापति संस्थाको लोगो र अर्कोपट्टी लक्ष्मी अंकित चाँदीको सिक्का (स्मारिका ) प्रकाशन गर्ने ,संस्थापकहरुलाई चाँदीको तक्मा सहित दोसल्ला ओढाई सम्मान गर्ने , पूर्व संचालक समित तथा लेखा सुपरीक्षण समितिमा रही योगदान गरेका संचालकहरुलाई सम्मान गर्ने र रक्तदान तथा प्रभातफेरी कार्यक्रमको लागि टि शर्त प्रदान गर्ने लगायतको कार्यक्रम रहेको समेत जानकारी गराउनु भएको थियो । सोहि कार्यक्रममा संस्थाका अध्यक्ष्य तुइलाल श्रेष्ठले उपस्थित पत्रकारहरुलाई संस्थाको हालको अवस्थाको बारेमा यथास्थिति बताउनु हुँदै सोधिएका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।