Uncategorized

बोडेकी क्यान्सर पिडित सुजनाको उपचारका लागि खानेपानी ब्यबसायीहरूद्वारा रू ९२ हजार सहयोग प्रदान

Buzz Education

असार -५- मध्यपुर ८ रक्त क्यान्सर द्वारा पिडित बोडेकी प्रतिभाशाली चेली सुजना नकर्मीको उपचार सहयोगको लागि बोडेका खानेपानी ब्यबसायी हरुको तर्फबाट कुल ९२ हजार रकम सहयोग प्रदान गरीएको छ । हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सुजनाको उपचारको लागि सहयोग पुगोस भनी खानेपानी ब्यबसायीहरू भक्तपुर अस्पताल पुगी उक्त सहयोग रकम हस्तान्तरण गरीएको हो । खानेपानी ब्यबसायी हरुको उक्त सहयोग का लागि पिडित सुजनाका आफन्तहरूले धन्यबाद ज्ञापन गरेका छन । पिडितलाई केही सहयोग पुगोस र आफन्तलाइ केही मात्रामा भएपनी ढाडस मिलोस भनेर आफुहरुले उक्त रकम सहयोग गरेको खानेपानी ब्यबसायी शक्ति धों श्रेष्ठले मध्यपुर डायरी संबाददाता लाई बताउनु भयो ।

सहयोगी खानेपानी ब्यबसायीहरू –

१- बोडे पानी सप्लार्यस ( राम कृष्ण मस्त्रां )-१२ हजार

२-बाराही पानी सप्लार्यस -२० हजार 

३ – तागनी पानी सप्लार्यस -२० हजार

४- जय श्री नीलबाराही पानी सप्लार्यस -२० हजार

५- नील बाराही पानी सप्लायर्स – (शक्ति ) -२० हजार

क्यान्सर पिडित सुजना नकर्मीको लागि बिभिन्न व्यक्ति, संघ संस्था र समुहबाट सहयोग रकम उपलब्ध हुने क्रम जारी छ ।

सुजनालाई सहयोग गर्न चाहने ब्यक्ति ,संघ संस्था र समुहले निम्न लिखित सम्पर्क नम्बर तथा बैकका खाताहरूमा सहयोग उपलब्ध गराउन सकिने जनाईएको छ ।

Contact Person : 9849-091294 (ठुलो ममि )

0920000286210.NCC bank

Sujata Nakarmi (Relative of Sujana Nakarmi )

Siddhartha Bank 

Acc holder’s name – Sujata Nakarmi

 ACC no-01715376441

  Gatthaghar branch

 

Buzz Education

ताजा समाचार

नेपाल क्षयरोग निवारण संस्था ४२ औ जिल्ला सभामा बहादुर मिजार सम्मानित

Madhyapur Diary

अधिक नेटवर्किङ कम्पनीहरू थपिने बित्तिकै विकृतिहरू

Madhyapur Diary

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy