असार -५- मध्यपुर ८ रक्त क्यान्सर द्वारा पिडित बोडेकी प्रतिभाशाली चेली सुजना नकर्मीको उपचार सहयोगको लागि बोडेका खानेपानी ब्यबसायी हरुको तर्फबाट कुल ९२ हजार रकम सहयोग प्रदान गरीएको छ । हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सुजनाको उपचारको लागि सहयोग पुगोस भनी खानेपानी ब्यबसायीहरू भक्तपुर अस्पताल पुगी उक्त सहयोग रकम हस्तान्तरण गरीएको हो । खानेपानी ब्यबसायी हरुको उक्त सहयोग का लागि पिडित सुजनाका आफन्तहरूले धन्यबाद ज्ञापन गरेका छन । पिडितलाई केही सहयोग पुगोस र आफन्तलाइ केही मात्रामा भएपनी ढाडस मिलोस भनेर आफुहरुले उक्त रकम सहयोग गरेको खानेपानी ब्यबसायी शक्ति धों श्रेष्ठले मध्यपुर डायरी संबाददाता लाई बताउनु भयो ।
सहयोगी खानेपानी ब्यबसायीहरू –
१- बोडे पानी सप्लार्यस ( राम कृष्ण मस्त्रां )-१२ हजार
२-बाराही पानी सप्लार्यस -२० हजार
३ – तागनी पानी सप्लार्यस -२० हजार
४- जय श्री नीलबाराही पानी सप्लार्यस -२० हजार
५- नील बाराही पानी सप्लायर्स – (शक्ति ) -२० हजार
क्यान्सर पिडित सुजना नकर्मीको लागि बिभिन्न व्यक्ति, संघ संस्था र समुहबाट सहयोग रकम उपलब्ध हुने क्रम जारी छ ।
सुजनालाई सहयोग गर्न चाहने ब्यक्ति ,संघ संस्था र समुहले निम्न लिखित सम्पर्क नम्बर तथा बैकका खाताहरूमा सहयोग उपलब्ध गराउन सकिने जनाईएको छ ।
Contact Person : 9849-091294 (ठुलो ममि )
0920000286210.NCC bank
Sujata Nakarmi (Relative of Sujana Nakarmi )
Siddhartha Bank
Acc holder’s name – Sujata Nakarmi
ACC no-01715376441
Gatthaghar branch