Uncategorized समाचार समाज

मध्यपुर थिमिमा दोश्रो दिनका नाचहरु सम्पन्न ।

Buzz Education

मध्यपुर  थिमि -श्रावन २७

मध्यपुर थिमिका बिभिन्न स्थानहरुमा गाईजात्राका अवशरमा नाचिने नाचहरु नीलबाराही नाच ,लायकु भैल नाच  र नगदेश भैरब नाचका दोश्रो दिन नाचिने नाचहरु सम्पन्न भएका छन। हाल थि मि लायकु बाट यस बर्ष लायकु भैल नाच निकालिएको छ भने नगदेश बाट १२ बर्ष पछी निकालिएको नगदेश भैरब नाच तथा सुरुवात काल देखि नै अभिछिन्न निरन्तर संचालन हुँदै आएको बोदेको नीलबाराही गण नाच  प्रदर्शन भइ रहेको छ । तान्त्रिक बिधि बाट नचाइने यी नाचहरु मध्यपुर थिमि क्षेत्रको बिशिस्ट पहिचान बोकेका नाचहरु हुन् । अन्तिम दिन भोलि यी नाचहरु नचाइने छ । नगदेश र लायकु  भैरब नाच रातिको समयमा निकालिएर  बिहानीपख सम्पन्न हुन्छन भने बोदेको नीलबाराही नाच अन्तिम दिन बिहान निकालिएर बेलुकी सम्पन्न हुनेगरेको छ ।

भैरब नाच अन्तर्गत दुइ भैरब र दुइ दागी तथा एक ज्यापुंग हुने गर्दछ भने निल बाराही नाच अन्तर्गत  १९ देबी देवता रहने गर्दछ । निल बाराही नाचमा भैरब १ , बाराही ४ , कुमारी ४ , सिंह ४ . द्वारपाल २ र गणेश ४ रहने गर्दछ । बाजागाजामा धा, भुस्या , छुस्या , पोंगा ,मुहाली ,ता लगायतका बाध बादन प्रयोग गरिन्छ ।

Buzz Education

ताजा समाचार

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Madhyapur Diary

मध्यपुरमा स्थानीय चुनाबमा महिला बिषयक कार्यशाला सम्पन्न |

Madhyapur Diary

जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा १६ बुँदे आदेश जारी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy