समाचार

युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको म्याद सकिएको छ । सम्झौताको अन्त्यसँगै इजरायलले फेरि युद्ध सुरु भएको बताएको छ ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको सात दिन बिहीबार पूरा भएपछि शुक्रबार यो सम्झौता भएको हो । हमास र इजरायलबीच गत शुक्रबार युद्धविराम सम्झौताको घोषणा भएको थियो। बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।

रोयटर्स समाचार एजेन्सीका अनुसार इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूहले इजरायली क्षेत्रमा गोली चलाएर अस्थायी युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै हमासविरुद्ध कारबाही सुरु गरेको छ।

ताजा समाचार

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

मध्यपुरमा कांग्रेस नेता सुरेन्द्र श्रेष्ठको नगर प्रमुख पदमा ईक्छापत्र प्रस्तुत |

Madhyapur Diary

मध्यपुर थिमिमा तीन पुस्तक सार्वजनिक |

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy