मनोरञ्जन शिक्षा समाचार स्वास्थ्य

मध्यपुरमा पुष १० गते श्री गोपाल कला सिरपा प्रदान गरीने ।

Buzz Education

मध्यपुर । प्रत्येक दुईदुई बर्षमा प्रदान गर्दै आईरहेको श्रीगोपाल कला सिरपा यस वर्ष भोजपुरको श्री करूणामय श्री गणेश दाफा भजन संघलाई प्रदान गरिने भएको छ । यहि पुष १० गते शनिवार  मध्यपुर थिमिको बाहाखा बजारस्थित मध्यपुर बैक्वेष्टमा एक कार्यक्रमको आयोजना गरि सो सिरपा प्रदान गर्न लागेको सिरपाका दाता गणेशराम प्रजापतिले जानकारी दिनुभएको छ ।
२५ हजार नगद सहित नाटेश्वरी मूर्तिमा सुनको जलप लगाएको ३ तोला चाँदीको मेडल, प्रशंसा पत्र सहित सो सिरपा प्रदान गरिने छ ।बिज्ञापन

प्रत्येक दुई÷दुई बर्षमा एक पटक उपत्यकाभित्र र एक पटक उपत्यका बाहिरको कला, संस्कृति, बाद्यबादन, परम्परागत नाचगान क्षेत्रमा विशेष योगदान पु¥याउने सामाजिक संघसंस्था र व्यक्तिलाई सो पुरस्कार प्रदान गरिदै आईरहेको छ ।

यस अघि उक्त सिरपा तुलननी भैलः खलः थिमिलाई प्रदान गरिएको थियो भने उक्त सिरपा हालसम्म कलाकार सुभाषराम प्रजापति, कलाकार हिसिला महर्जन, समाजसेवी श्याम मानन्धर, अन्तर्राष्ट्रिय ख्याती प्राप्त बाद्यबादक न्हुछेबहादुर डंगोल, पनौती देवी नाच, बोडे निलवाराही गण नाच, बागलुङ हनुमान नाच, बज्राचार्य समुदाय थिमिको गुँलाबाजालाई प्रदान गरिसकेको छ ।

Buzz Education

ताजा समाचार

काष्ठमण्डप पुन निर्माण अन्तिम चरणमा

Madhyapur Diary

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Madhyapur Diary

बालिका करणी प्रयाशको आरोपमा एक व्यक्ति पक्राउ |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy