अर्थतन्त्र समाचार

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ

 

१४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

 

ताजा समाचार

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

Madhyapur Diary

नेपाल रेडक्रस सोसाईटी थिमि द्वारा ६० औ स्थापना दिवशको अवशरमा दिप प्रज्वलन ।

Madhyapur Diary

मंशिर ११ गते मध्यपुरको बोडेमा तेस्रो एपिक अवार्ड हुँदै । ख्याति प्राप्त सयौं कलाकारहरू मध्यपुर आउदै |

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy