असोज –८ सरकारले आज देखि लागु हुने गरी सार्वजनिक सवारी साधनमा नया भाडादर लागु गरेको छ । भाडादर समायोजन गर्ने निर्णय अनुशार आजदेखि लागु हुनेगरी लामो, छोटो र मध्यम दुरीका सवारी भाडादर कायम गरिएको यातायात ब्यबस्था बिभागले जनाएको छ ।
यातायात ब्यबस्था बिभागले देशभर कुल २८६ रुटको भाडा दर समायोजन गरेको हो। इन्धनको मूल्यमा भएको मुल्य बृद्विलाई आधार मानी नया भाँडा दर कायम गरिएको
बिभागले जनाएको छ ।
यात्रबाहक सवारी साधनमा २८ %, पहाडि बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २०% र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा २६ % भाडा बृद्धी गरेका छ ।