खेलकुद

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Buzz Education
  • विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजय

विनायक शिक्षा निकेतन ई स्कुल ,मध्यपुर थिमि छैठौं मध्यपुर व्यापी अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा विजयी बनेको छ । आदर्श माबि सानो थिमि लाई २ – १ गोल अन्तरले पराजित गरी बिनायक बिजयी बन्न सफल भएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन तथा मध्यपुर युथ एसोसिएसनको संयोजकत्वमा यही जेठ 29 गतेदेखि असार 4 गतेसम्म भएको नकआउट चरणको खेलमा विनायकले गणेश मावि नगदेश, आदर्श मावि थिमि ,हिमचुली इङ्लिस स्कुल तथा आदर्श मावि सानोथिमिलाई पराजित गरी फाइनल खेल जितेको थियो। मध्यपुर थिमि नगरपालिकाका 16 वटा विद्यालयबीच भएको उक्त प्रतियोगितामा विनायकका राेजिन सलाजु उत्कृष्ट गोलरक्षक , दीपेन राई उत्कृष्ट मिडफिल्डर खेलाडी ,सुमित भासीमा म्यान अफ द म्याच तथा मदन खत्री उत्कृष्ट काेच हुन सफल भएका छन ।

त्यस्तै फस्ट रनरअप आदर्श माबि सानोथिमि, फेयर प्ले अर्बिट स्कुल, उत्कृष्ट मार्च पास आदर्श माबि सानोथिमि, बेस्ट स्ट्राइकर आदर्श माबि सानोथिमिका अरुण श्रेष्ठ, बेस्ट प्लेयर अरुण श्रेष्ठ, बेस्ट डिफेन्स आदर्श माबिका सुशिल खडका घोषित भएका छन।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा तथा अखिल नेपाल फुटबल सङ्घका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंह लगायत अन्य अतिथिहरुको उपस्थितिमा भएको उक्त खेलमा अतिथिहरुले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए। विद्यार्थीहरुलाई विजय पश्चात आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थीलाई उनीहरूको रुचि र क्षमतालाई पहिचान गरी खेलकुदका माध्यमबाट पनि सिकाउन सकिने, अनुशासित बन्न खेलकुदले प्रोत्साहित गर्ने र सबै मिलेर टिमवर्कबाट जस्तोसुकै प्रतियोगितामा पनि जित्न सकिने उदाहरण विद्यार्थीहरुले प्रस्तुत गरेको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।स्मरणरहोस् यसअघिको पाँचौं मध्यपुरब्यापि फुटबल कप पनि विनायक शिक्षा निकेतनले नै जितेको थियो।

जेनिश बाडेको रिपोर्ट

Buzz Education

ताजा समाचार

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

साफ च्याम्पियनसिपमा नेपालले खोल्यो जितको खाता

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy