खेलकुद

मध्यपुर थिमिका खेलाडी मण्डे काजी सहीत पदक बिजेता खेलाडीहरू समानित ।

 

काठमाडौं। हालै जर्मनीमा सम्पन्न भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघ द्वारा मंगलबार एक कार्यक्रमका बीच सम्मान गरीएको छ ।

  • अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।

मन्देकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्दे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् ।

मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कांस्य हात पारेका थिए । मुकुन्द्र १३ औं सागका कांस्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेरसमूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसा पत्रबाट सम्मानित भए । पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

ताजा समाचार

भक्तपुरमा सहलह सहकारीद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy