खेलकुद

हिमचुली ऐकेडेमी द्वारा एड्भान्स ऐकेडेमी ६ – १ गोल अन्तरले पराजित ।

हिमचुलिको फराकिलो जित

नगरपालिका कप फुटबल प्रतियोगितामा हिमचुली एकेडेमीले फराकिलो जित निकालेको छ। बिहान ८:३० बजे किक अफ भएको खेलमा एड्भान्स एकेडेमी विरुद्ध ६-१ गोल अन्तरको फर्कीलो जित निकालेको हो ।खेलको पहिलो हाफमै हिमचुली एकेडेमीले फराकिलो अग्रता लियो ।हिमचुलिको जर्सी नो १० सन्देश कार्कीले २४ मिनेटमा बललाई जाली चुमाउनु भयो । २९ औं मिनेटमा जर्सी नो १६ हिमांशु भण्डारीले ,३१ औं मिनेटमा जर्सी नं ९ पूजन बुढाथोकी र जर्सी नं १० संदेश कार्कीले ३ गोलथप्नु भयो । पहिलो हाफमा ४ गोल गरेको हिमचुली दोश्रो हाफमा रोकेनदोश्रो हाफमा पनि थप २ गोल गर्यो । एड्भान्स एकेडेमीले पनि ५६ औं मिनेटमा जवाफी गोल फर्कायो । एड्भान्स का जर्सी नं १० अच्युत राजबाहक ले उत्कृष्ट ढंगबाट गोल गर्नुभयो । ५४ मिनेटमा जर्सी नं ८ इशानक श्रेष्ठले र ६८ औं मिनेटमा जर्सी नं १० पूजन बुढाथोकीले निर्णायक गोल गर्नुभयो । हिमचुलिको फर्किलो जीतमा उत्कृष्ट खेल पस्कनुभएका क्याप्टेन
संदेश कार्की मेन अफ दि मेच हुनुभयो ।

ताजा समाचार

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Madhyapur Diary

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy