खेलकुद समाचार

नेडरल्याण्डसलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

Buzz Education

अर्जेन्टिना सेमिफाइनलमा
जेनिस बाडे

हाल कतारमा जारी विश्वकप 2022 मा विश्व माहरथी अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले उत्तर युरोपेली टोली नेदरल्याण्डलाइ ३ – ४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
निर्धारित समयको खेल मा २-२ को बराबरीमा सकिएको खेल पेनाल्टी सुट आउटमा टुंगिएको थियो।

पेनाल्टी सुटआउटमा नेदरल्याण्ड तर्फको २ वटा पेनाल्टीलाई गोलकिपर एमिलिनो मार्टिनेजले उत्कृष्ट ढङ्गबाट बचाउ गर्दै जित सुनिश्चित गरेका थिए। अर्जेन्टिना तर्फको १ वटा पेनाल्टी नेदरल्याण्डका गोलरक्षक एन्डिज नटपडले पनि बचाउ गर्दा नेदरल्याण्डलाई पुनरागमन गरेकाे थियो।

खेलको 35 औं मिनेटमा नाहुल मेलिनोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ७३औ मिनेटमा कपात लियोनल मेसीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। अन्तिम समयमा अर्जेन्टिनाले खेललाई पकडमा राख्न नस्कदा नेदरल्यान्ड ८३ औ र इन्जुरी समयमा पुनरागमन गरेको थियो।१२८ औ मिनेटमा मध्य पंटि डच खेलाडी डेन्जेल डमफराइले रातो कार्ड पाउँदा नेदरल्याण्ड १० खेलाडीमा सिमित भएको थियो।कतारको लुसियल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले उपाधि यात्राको महत्वपूर्ण खुदकिला पार गरेको छ।सेमिफाइनलमा अर्जेन्टिना अब करोसियासँग भिडने छ । एडुकेशनल सिटि स्डेडिएममा ब्राजिल र कोरोऐसिया बिच भएको खेलमा क्रोएसिया बिजयी भएकाे छ। ब्राजिलले ४-२ को गोल अन्तरले हार बेहोर्दा उपाधि यात्रा टुंगिएको छ ।

Buzz Education

ताजा समाचार

बलिउडका यी कलाकारहरू नेपाल आउँदै

Madhyapur Diary

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

एमसिसी पास नगर्न नेमकिपाको संसद भवन अगाडी ब्यापक प्रदर्शन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy