शिक्षा

विनायकका पूर्व प्राविका बिद्यार्थीहरुद्वारा तरकारी तथा फलफूल प्रदर्शनी

Buzz Education

विनायकका पूर्व प्राविका बिद्यार्थीहरुद्वारा तरकारी तथा फलफूल प्रदर्शन
मध्यपुर थिमी, भक्तपुर,
शैक्षिक जगतको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन मध्यपुर ठिमी भक्तपुरले यही भाद्र 22 गते पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुले संकलन गरेकाे तरकारी तथा फलफूल प्रदर्शनीको आयोजना गर्यो ।पूर्व प्राथमिक तहको पाठ्यक्रममा आधारित उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकाहरुलाई आफ्नै घरमा उपलब्ध तरकारी तथा फलफूलको चिनारी दिनु त्यसको महत्व र उपयोगिता चिनाउँदै उनीहरूलाई व्यावहारिक ज्ञान तथा जीवनाेपयाेगी ज्ञान दिनु रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयाे ।
विद्यालयकि पूर्व प्रा.बि तहकी संयाेजक शाेभा पर्जापति र विशेष गरि पूर्व प्रा.बि तहका शिक्षिकाहरूकाे पहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना घर तथा बारीमा उत्पादित विभिन्न तरकारीहरु र आफ्ना घरमा खानामा प्रयोग हुने विभिन्न प्रकारका फलफूलहरु संकलन गरी ल्याएका थिए । साथै सो कार्यक्रममा बढी से बढी तरकारी र फलफूल संकलनकर्ता विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिएको थियो भने व्यावहारिक ज्ञान दिने सवालमा विद्यालयले थालनी गरेको यस्ता कार्यक्रममा अभिभावकहरु पनि उत्साहित हुँदै सहभागी भएर यस्ता कार्यको प्रशंसा समेत गरेका थिए।

Buzz Education

ताजा समाचार

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकका बिद्यार्थीहरुका लागि क्ले क्राफ्ट कार्यशाला ।

Madhyapur Diary

जेनिश बाडे – नेवा टोन नै मेरो परिचय हो । मेरो टोनै काफि छ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy