प्रेरक प्रसंग समाचार समाज

मध्यपुरमा जीवन बिज्ञान सत्संग कार्यक्रम भव्य रुपमा सम्पन्न ।

Buzz Education

मध्यपुर डायरी संबाददाता – जेनिश बाडेको रिपोर्ट

चैत्र – १८ – जीवन बिज्ञान प्रयोगशाला थिमिले मध्ययुर थिमि नगरपालिका -४ नयाँ थिमि स्थित थिमि वैक्वेटमा आध्यात्मिक सत्संग कार्यक्रम आयोजनागरेको छ । मध्ययुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र सरेष्ठ र उप – प्रमुख विजय कृष्ण श्रेष्ठको आतिथ्यता र बुद्ध लक्ष्मी बज्राचार्यको सभाअध्यक्षतामा आध्यात्मिक सत्संग कार्यक्रम सम्पन्न गरिएको हो ।
आध्यात्मिक सत्संग कार्यक्रममा गुरु रमेश नेपालले मानिसले गर्ने हरेक कामको उद्देश्य मानव कल्याण र सर्व कल्याण रहेको बताउनुभयो । गुरु नेपालले परिवार , समाज ,देश निर्माण गर्नका लागि मानिसले ७ स्वास्थ्यमा काम गर्नुपर्ने जनाउनु भयो ।
‘ हामीले‌ त्यो ७ वटा स्वास्थ्यमा काम गर्नेपर्छ ’ उहाँले भन्नुभयो ‘यो ७ वटा स्वास्थ्य भयो भने हाम्रो समाज निर्माण हुन्छ , हामीले चाहेको परिवार निर्माण हुन्छ ।’ यसका निम्ति जन प्रतिनिधि, धार्मिक आध्यात्मिक संस्थाले काम गर्न पर्छ ।’


कार्यक्रमका मुख्य आकर्षण गुरुदेव एल पि भानु शमीले नेपाल आध्यात्मिक ज्ञानको केन्द्र भएको कुरा जानकारी गराउनु भएको थियो। मध्यपुर थिमिमा भएका कला संस्कृतिलाई जोगााई आध्यात्मिक नगरका रुपमा विकास गर्न उहाले अनुरोध गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथिका रूपमा नगर उप – प्रमुख विजय कृष्ण श्रेष्ठले सफल व्यक्ति बन्नका लागि योगको अवश्यकता औल्याउनुभयो ।‘ योग भनेको एउटा शारिरिक र मानसिक रूपमा स्वस्थ हुनका लागि गरिने क्रियाकलाप हो ,जसको कामले हामी दुबै शारिरिक, मानसिक रूपमा स्वास्थ हुन्छौ ’ उहाँले बताउनुभयो ‘यसकोकारणबाट हामी सफलता प्राप्त गर्न सक्छौ ।
त्यसैले योग आवश्यक छ ।

उप प्रमुख श्रेष्ठले कथानक शैलीमा आध्यात्मिक ज्ञान हरेक
राजनितिज्ञमा हुनपर्ने भाव व्यक्त गर्नुभयो।अतिथी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कार्यक्रममा महिला उपस्थितिको कदर गर्दै आगामी
अधिवेशनमा महिलाहरुको सहभागिता बढाउने खालका कार्यक्रमहरू ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

मध्यपुर डायरी संबाददाता जेनिश बाडेको रिपोर्ट ।

Buzz Education

ताजा समाचार

मंशिर ४ को प्रदेश सभा चुनाबमा मध्यपुर कांग्रेसका कुन कुन नेताको छ उम्मेदबारी सम्भाबना ?

Madhyapur Diary

फिल्म नपाउँदा मदिराको लतमा फसेका थिए बबी देवल

Madhyapur Diary

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy