शिक्षा समाचार

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Buzz Education

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ ।

मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष रमेश थापा श्रेष्ठले युवा पलायन हुने क्रम प्रति निरासा व्यक्त गर्नु भएको छ। मध्ययुर थिमि नगरपालिका वडा नं ८ मा स्थापित स्वन संसार ‌प्रि स्कुलले आयोजना गरेको अभिभावक दिवश तथा दिक्षान्त समारोह २०२३ मा स्वागत मन्तव्यमा बोल्नु हुदै वडा अध्यक्ष श्रेष्ठले निराशा व्यक्त गर्नु भएको हो । ” कक्षा ११, कक्षा १२ सकाएर अभिभावकहरू कार्यालय आउनु हुन्छ । ” उहाँले बताउनुभयो ‘म वडा अध्यक्षको हैसियतले म कार्यालयमा बसि राख्दा म कहाँ धेरैजसो काम के छ त भन्दाखेरि ,आफ्नो छोरा छोरीहरुलाई विदेश पठाउनका निमित्त कागजातहरु बनाउने । ११ – १२ कक्षा पास भएपछि अविभावकमा चिन्ता भएको महसुस भयो आफ्नो छोरा छोरीले कसरी विदेश पठाउने। यसको निम्ति उहाँहरु आउनुहुन्छ ।मेरो वडामा यो काम अहिले घेरै चलिरहेको छ। अरु भन्दा पनि हाम्रा छोरा नातिलाई विदेश पठाउने।यसले पनि मलाई च्वास घोच्छ ”।
मध्यपुर थिमिको शैक्षिक क्षेत्रमा स्थापना कालदेखि अनवरत योगदान दिइरहेको स्वप्न संसार प्रि स्कुलले अविभावक तथा दिक्षान्त समारोह २०२३ सम्पन्न गरेको छ। मध्यपुर थिमि वडा नं ९ मा अवस्थित कृषि विकास बैंकको तालिम हलमा स्वन संसार ‌प्रि स्कुलले अविभावक दिवस तथा दिक्षान्त समारोह कार्यक्रम २०२३ सम्पन्न गरेको हो। विद्यालयले K5 +उत्तिर्ण गरेका विद्यार्थीलाई दिक्षित गरेको हो । प्रमुख अतिथिको रूपमा श्रीमान लाल सिंह , प्रमुख अतिथिका रुपमा सिङ्गी ल्होमी , वडा न ८ अध्यक्ष रमेश थापा श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला पूर्व सभापति तथा समाजसेवी गणेश मान चक्रधर ,  समाजसेवी बहादुर होना र अतिथिका रुपमा निलेश आचार्य , बुद्ध रत्न बाडे र दिल कृष्ण प्रजापति उपस्थित रहेको कार्यक्रममा अभिभावक, विद्यार्थीहरुको सहभागिता उत्साहजनक रहको थियो । अभिभावक र विद्यार्थीको सहभागिता लाई समवोधन गर्दै प्रि स्कुलका कार्यकारी प्रधानाध्यापक कृष्ण घवा श्रेष्ठले सम्पुर्ण अभिभावकले गर्व महसुस गर्न आशा व्यक्त गर्नुभयो । ‘ मलाई आशा
छ सम्पूर्ण अभिभावकहरू खुसी हुनुहुन्छ प्रस्तुति
देखेर ’उहाँले बताउनुभयो ‘र यो एउटा प्लाटर्फर्म पनि हो ।
जहाँ भाइ बहिनीहरूले सिकेका कुराहरु र सिप देखाउने मौका पनि हो।यो कार्यक्रमले मलाई जहाँसम्म लाग्छ भाइ बहिनीहरूमा उत्साह त थप्छ नै , सँग सँगै यहाँ जति पनि अभिभावकहरू हुनुहुन्छ, उहाँहरु पनि एउटा गर्व महसुस गर्नु हुन्छ ’।
विद्यार्थीहरुले कार्यक्रमा म हु नेपाली बाबु ,सालुगु गाचा ,जुन त लाग्यो ताराले जस्ता बहु चर्चित सङ्गितमा नृत्य ,नाटक , सङ्गित प्रस्तुत गर्नुभयो ।

मध्यपुर डायरी संबाददाता जेनिस बाडेको रिपोर्ट ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा रक्तद्वान कार्यक्रमको आयोजना

Madhyapur Diary

मध्यपुर-४ स्थित बाबा बचतको साधारण सभा समपन्न ।

Madhyapur Diary

मध्यपुर प्रमुखमा कांग्रेस नेता गणेशमान चक्रधरको दाबेदारी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy