घुमफिर मनोरञ्जन विश्व शिक्षा समाचार समाज

हिउँले टल्कियो रारा

हिउँले टल्कियो रारा

मुगु — पर्यटकीय गन्तव्य रारा हिउँले चाँदीजस्तै टल्किएको छ । हिमपात र वर्षापछि शुक्रबार मौसम खुलेर रारा कपास फुलेझैँ सेताम्य देखिएको छ । ताल वरिपरिका रुखहरु हिउँले निहुरिएका छन् । हिमपातले गर्दा राराले तीन पटक रुप बदल्ने गरेको छ । घुम्न आएका आन्तरिक पर्यटक निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरु हिउँ खेल्दै रमाएका छन् ।

रारामा अब हिउँ खेल्ने मौसम सुरु भएको नेपाल पर्यटन ब्याबसायि संगठनका उपाध्यक्ष देवीकृष्ण रोकायाले बताए । रारामा हिउँ खेल्न जाने पर्यटकको निम्ति हवाई यातायातदेखि सडक मार्ग सहज भएको र बस्न खानका लागि रारामा खुलेका होटल पनि यति बेला खाली रहेको उनको भनाइ छ । रारा हिउँले सेताम्य बनेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालले बताए । समुद्री सतहदेखि २९ सय मिटर उचाईमा अवस्थित रारामा यो वर्षकै पहिलो बाक्लो हिउँ परेको छ । हिमपातले सेताम्य भएको रारामा साइबेरिया क्षेत्रबाट जाडो छल्न ५ प्रजातिका ३ सय ९२ वटा चराहरु रारा आएका छन् । गत साउनदेखि पुस समान्तसम्म ६ हजार ५ सय ५७ जना आन्तरिक पर्यटक र १ सय ५६ जना बाहृय पर्यटकले रारा भ्रमण गरेको निकुञ्जले जनाएको छ ।

ताजा समाचार

नेपाल आईडल सिजन ४ का जजहरू फेरिए

Madhyapur Diary

विद्यालय कर्नर – बिनायकका बिद्यार्थीहरु जनकपुर भ्रमणमा

Madhyapur Diary

५७ भाई संग ओलि नडराउने संकेत ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy