घुमफिर शिक्षा

बिद्यालय कर्नर – विनायकका विद्यार्थीहरूको पश्चिमाञ्चल भ्रमण

Buzz Education

विनायकका विद्यार्थीहरूको पश्चिमाञ्चल भ्रमण
विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक एवं जीवन उपयोगी शिक्षा प्रदान गर्दै सवल सक्षम र योग्य नागरिक तयार गर्ने उद्देश्य बोकेको विद्यालय विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमी, भक्तपुरले यही कार्तिक २५ गतेदेखि २७ गतेसम्म शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गर्यो । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न तथा नेपालको भूगोल, ग्रामीण जनजीवन प्राकृतिक सुन्दरता एवम् सांस्कृतिक तथा ऐतिहासिक महत्वका ठाउँहरु घान्द्रुक, बागलुङ, पर्वत तथा पोखराका विभिन्न ठाउँहरू अवलोकन गराइएको उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरु सहभागी भएका थिए । विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्व तथा संयोजकत्वमा लगिएको उक्त अवलोकन भ्रमणबाट विद्यार्थीहरुले प्रत्यक्षरुपमा माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण हिमालको दृश्यावलोकन, बाग्लुङ कालिका भगवतीको धार्मिक महत्व ,पर्वत र बागलुङ जिल्ला जोड्ने झोलुङ्गेपुल, बन्जीजम्प तथा कास्की जिल्लाको सारङ्काेट, विध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव टिबेटियन शरणार्थी शिविर र पुम्दीकाेटकाे शिवालयको भ्रमण गरी फेवातालमा डुंगा सयर समेत गरेका थिए । अत्यन्त उत्साहजनक ,भव्य र सभ्य रुपमा सफल भएको उक्त अवलोकन भ्रमण पश्चात विद्यार्थीहरुलाई परियोजना कार्य गराइने र त्यसैलाई प्रस्तुतिकरण गर्न लगाई उनीहरु भित्रको प्रतिभा प्रस्फुटन गराइने त्यसैका आधारमा विद्यालयद्वारा लिइने विभिन्न परीक्षाहरुमा प्रयोगात्मक अङ्क प्रदान गरिने र विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिने कार्य विद्यालयले स्थापनाकालदेखि नै गर्दै आएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई जानकारी गराउनुभयो ।

Buzz Education

ताजा समाचार

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकका बिद्यार्थीहरुका लागि क्ले क्राफ्ट कार्यशाला ।

Madhyapur Diary

मध्यपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ प्याबसन भक्तपुर अध्यक्षमा निर्वाचित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy