कार्तिक – ६ -मध्यपुर लिग अन्तरगतको वडा न ६ र वडा न ७ बिच सम्पन्न भएको ३३ औं खेलमा वडा न ६ बिजयी भएको छ । वडा न ६ ले वडा न ७ लाई १ का बिरुद्ध ७ गोलले पराजित गरेको छ । वडा न ६ का मिडफिल्डर मदन प्रजापतिले खेलको १३ औ, ४९ औं र ६९ औं मिनेटमा गोल गदै ह्याट्रिक गरेका छन । त्यस्तै वडा न ६ का लागि जर्शी न ११ का मिडफिल्डर आदर्श नकर्मीले ६६ औं मिनेटमा , जर्शी न १० का फरवार्ड जेनिश प्रजापतिले ७१ औ मिनेटमा, जर्शी न ३१ का फरवार्ड दिवश राईले ७४ औं मिनेटमा गोल गरेका थिए भने अन्तिम गोल ९०+२ औ मिनेटमा जर्सी न २५ का डिफेन्डर सुसन प्रजापतिले गोल गरे । वडा न ७ का लागि भने जर्शी न ४ का डिफेन्डर मुकेश कोजुले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलमा कुनैपनि खेलाडीले पहेलो कार्ड प्राप्त गरेन । खेलको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द म्याच वडा ६ का मिडफिल्डर मदन प्रजापति घोषित भएका छन
