राजनीति समाचार

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

 

असोज – ५ – नेपाली कांग्रेसको केन्द्रिय निति अनुशार गत भदौ १८ गते सम्पन्न भएको मध्यपुर थिमि नगरपालिकाको वडा न. ८ र ९ को वडा अधिवेसन बाट निर्वाचित ईकाइका पदाधिकारीहरु तथा क्षेत्रिय प्रतिनिधिहरु लाई पदस्थापना तथा बधाई कार्यक्रम एवम प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा न ८ मा अघिल्लो कार्यकाल सम्हालेका सभापति दिल कृष्ण प्रजापतिले निरन्तरता दिंदै छन भने वडा न ९ को तर्फबाट उक्त कार्यक्रममा अघिल्लो कार्यकालका सभापति राम काजी चक्रधरले नवनिर्वाचित सभापति ज्ञानेन्द्र मान थापा श्रेष्ठ लार्ड पदभार हस्तान्तरण गरिएको छ । कार्यक्रममा निर्वाचित पदाधिकारीहरू तथा क्षेत्रिय प्रतिनिधिहरूले आसन्न आगामी चुनाबमा नेपाली कांग्रेसलाई बिजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।


कार्यक्रममा प्रमूख अतिथिका रूपमा नेपाली कंग्रेसका निर्वतमान जिल्ला सभापति गणेश मान चक्रधर रहनु भएको थियो भने अन्य अतिथिहरूमा क्रियाशिल सदस्य एवम समाजसेवी कृष्ण बहादुर होना,वडा न का वडा अध्यक्ष इन्द्र बहादुर प्रजापति, वडा न ६ का क्षेत्रिय प्रतिनिधि हरिदास प्रजापति,निर्वाचन सम्पन्न गराउन खटिनु भएका गीता तिम्सिना लगाएतका अधिकृतहरू, वडा न.९ का क्षेत्रिय प्रतिनिधि रघुनाथ खड्का र रामप्रसाद कासुला लगाएतका व्यक्तिहरू रहनु भएको थियो ।कार्यक्रमको सभापतित्व वडा न-९ का वडा अध्यक्ष्य तथा निवर्तमान वडा सभापति (वडा) रामकाजी चक्रधरले गर्नु भएको थियो।


कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेस भक्तपुर जिल्लाका निवर्तमान सभापति तथा प्रमुख अतिथि गणेशमान चक्रधरले आफ्नो राजनिति गर्दाको सुरुवाती संघर्ष, कठीनाई -भोगाईहरू र बर्तमान राजनितिक अवस्थाहरूको बिस्लेषण गर्नु भएको थियो। उहाँले आगामी चुनाबमा मध्यपुर थिमि नगरपालिकाका वडाहरूमा नेपाली कांग्रेसलाई जिताउन सक्रिय रूपमा लागि पर्ने सम्पूर्ण क्रियाशिल तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।


कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा वडा न ९ का बर्तमान वडा अध्यक्ष राम काजी चक्रधरले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरू तथा क्षेत्रिय प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिंदै वडा अधिवेसन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नहुने सबैमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
वडा न ८ का लागि जिल्ला निर्वाचन समितिबाट खटिनु भएका अधिवक्ता गीता तिम्सिनाले भदौ १८ गते सम्पन्न भएको वडा अधिवेसनमा सर्वसम्मतिबाट सम्पूर्ण पदाधिकारी तथा क्षेत्रिय प्रतिनिधि निर्वाचित गर्न सहयोग गरेकोमा सम्पूर्णमा बधाई,शुभकामना तथा धन्यबाद व्यक्त गर्नुभयो ।

वडा न ८ का नवनिर्वाचित वडा सभापति दिल कृष्ण प्रजापतिले आफुलाई चौथो पटक सभापतिको रूपमा फेरि निर्वाचित गरेकोमा सम्पूर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो ।
मध्यपुर डायरी संबाददाता
बिज्ञान श्रेष्ठ

ताजा समाचार

मध्यपुर ९ वडा अध्यक्षका लागि जीवन थापाको उम्मेदबारी दर्ता ।

Madhyapur Diary

बिप्लपको नेकपाले गऱ्यो एमसिसी बिरोधि आन्दोलनको घोषणा ।

Madhyapur Diary

नगदेशमा कोठा लिएर बसेका एक भारतीय नागरिकको मृत्यु |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy