खेलकुद शिक्षा समाचार

राष्टिय खेलकुदमा स्वर्ण पदक र कास्यपदक विजेता विनायकका विद्यार्थीहरुलाई हार्दिक बधाई ।

Buzz Education

कार्तिक -३- शिक्षा तथा खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुरका दुईजना विद्यार्थीहरुले स्वर्ण पदक र एक जना विद्यार्थीले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।यही असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म पोखरामा आयोजित नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा जिम्न्याष्टिक खेलको महिला टिम इभेन्टमा विनायकमा अध्ययनरत छात्राहरु जेनिशा थापा र प्रकृति थापामगरले स्वर्णपदक जित्न सफल भएका हुन् भने पुरुष इभेन्टमा छात्र सुमन तामाङले कास्य पदक प्राप्त गर्न सफल भएका छन्। साे नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा विनायकका ५ जना विद्यार्थीहरु छनोट भएको र अन्य विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी मध्यपुर तथा विद्यालयको नामलाई उच्च राख्न सफल भएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराउनुभयो। विद्यार्थीहरूलाई उनीहरूको रुचि क्षमता अनुसार उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरी राष्ट्रको गरिमालाई उच्च राख्न विद्यालयले प्लेटफर्म तयार गर्ने गरेको र राष्ट्रियस्तरको फुटबलका क्षेत्रमा समेत तीनजना राष्ट्रिय खेलाडीहरु तयार गरी उनीहरूले विद्यालय,मध्यपुर ठिमी तथा देशको नाम उच्च राख्न सफल भएको कुरा समेत विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनु भयो।

Buzz Education

ताजा समाचार

चन्द्रागिरीमा हिउँले पुरीएको अवस्थामा युवक मृत फेला ।

Madhyapur Diary

बंगलादेशलाई बराबरीया रोक्दै नेपाल साफ च्यामपियन सिपको फाईनलमा

Madhyapur Diary

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy