शिक्षा समाचार

मध्यपुरको बिनायकमा तिज नृत्य प्रतियोगिता सम्पन्न ।

Buzz Education

भाद्र -१३ सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनको हिमायती बिनायक शिक्षा निकेतन ईगलीस सेकेन्डरी स्कूल मध्यपुर थिमि भक्तपुरले यही भाद्र१३ गते हिन्दूहरूको महान पर्व हरितालिका तीज पर्वको पावन अवसरमा तिज नृत्य प्रतियोगिताको आयोजना गरियो। कक्षा १ देखि १२सम्मका विद्यार्थीहरु समावेश गरिएको र तीन चरणमा गरिएको उक्त प्रतियोगितामा करिब ४७ जना विद्यार्थीहरुले भाग लिएका थिए। हरेक संस्कृतिको संरक्षण र सम्मान हुनु पर्दछ सम्पूर्ण जातजातिका संस्कृति बचेमा मात्र नेपाली संस्कृति जीवन्त रहन सक्छ भन्ने अभिष्टका साथ यस्ता कार्यक्रमहरु स्थापनाकालदेखि नै विद्यालयले गर्दै आएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो ।

नृत्यनिर्देशक बालमुकुन्द प्रजापतिको ने निर्णायकत्वमा सञ्चालित उक्त कार्यक्रम शिक्षिका सन्ध्या झा काे संयोजकत्वमा भएको थियो। कक्षा ९ का विद्यार्थीहरु सुबी भाससिमा तथा तेजस्वी प्रजापतिले सञ्चालन गरेको उक्त प्रतियोगितामा विद्यालयका विद्यार्थीहरु तथा शिक्षिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए।

Buzz Education

ताजा समाचार

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिका द्वारा पुजा अपर्ण गरीयो ।

Madhyapur Diary

जागिर लगाई दिन्छु भन्दै १५ लाख ठग्ने पक्राउ

Madhyapur Diary

योमरी पुन्हिको दिन मध्यपुर थिमिमा सार्वजनिक बिदा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy