असोज – ३० – मध्यपुर लिग अन्तरगत आईतबार सम्पन्न भएको वडा न ४ र वडा न ३ बिचको २२ औं खेलमा वडा न ३ बिजयी भएको छ । वडा न ३ ले वडा न ४ लाई ३ – १ को अन्तरले जित हासिल गरेको हो । वडा न ३ का लागि प्रतियोगिताकै पहिलो गोल जर्शी न ११ का फरवार्ड ओसेन्द्र कुटुवालले खेलको सातौ मिनेटमा गरेका थिए । खेलको दोस्रो गोल वडा ३ कै जर्शी न ७ का फरवार्ड सञ्जीव कुटुले खेलको ४५ औं मिनेटमा गरेका थिए । वडा ३ को लागि अर्को गोल खेलको ८३ औं मिनेटमा जर्शी न ९ का मिडफिल्डर सुगम खड्काले गरेका थिए । गोलरहित अवस्थामा रहेको वडा ४ लाई प्रतियोगिताको पहिलो गोल खेलको ९० औं मिनेटमा जर्शी न ११ का मिडफिल्डर रबिक श्रेष्ठले गरी टिमलाई गोलरहित हुन बाट बचाए । अघिल्ला खेलहरू भन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको दुबै टिमले थुप्रै गोल गर्ने मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । खेलमा म्यान अफ द म्याच वडा ३ का गोलकर्ता जर्शी न ७ खेलाडी ओसेन्द्र कटुवाल घोषित भए ।
प्रतियोगिताको २३ औं खेल सोमबार दिउंसो ३ बजे उपाधि दाबेदार समेत मानिएको वडा न ७ र वडा न ८ बिच हुने छ ।