समाचार समाज

निलबाराही नाचमा फेरिएका अनुहारहरू

Buzz Education

भाद्र – ८  मध्यपूर थिमि
मध्यपुर डायरी संवाददाता – भक्तपुरको मध्यपुर थिमि ८ स्थित बोडेमा हरेक बर्ष गाईजात्राको भोलिपल्ट गुलाथ्व दितीया देखि पञ्चमी सम्म  सञ्चालन हुने प्रसिद्ध निलबाराही नाच यस बर्ष भाद्र ८ गते देखि ११ गते सम्म सञ्चालन हुदैछ । बिशुद्ध धार्मिक नाचको रूपमा सञ्चालन हुँदै आएको यस नाचमा कुल १९ देबी देबताका मुकुन्दो लगाएका व्याक्तिहरु तान्त्रिक निति नियममा रही निराहार नाच्ने गरीन्छ । एकपल्ट देवगणको रुपमा छानिएको व्यक्ति जीवन पर्यन्त नाच्नु पर्ने नियम छ । देवगणमा रहेका व्यक्तिको शेषपछी मात्रै आफ्नै दाजुभाई खलकको ब्यक्तिबाट सोधभर्नाको रूपमा अर्को ब्यक्ति छानिन्छ।

यसबर्षको निलबाराही नाच यस अर्थमा पनि बिशेष छ कि यो बर्ष निलबाराही नाचका १९ जना देबी देबता मध्ये ३ जनाको दुखद निधन भएको छ भने तीन जना नंया ब्यक्ति देवगणमा समावेश भई नाच्दैछन ।यसबर्ष दिवंगत हुनेमा तेस्रो पंतीमा रही बिगत २७ बर्ष नाचि सक्नु भएका दिवंगत श्याम भक्त ज्यो श्रेष्ठको सत्तामा उहाँकै भाई भाई नाथ ज्यो श्रेष्ठले निरन्तरता दिंदै छन ।

 

भाईनाथ ज्यो श्रेष्ठ

५५ बर्षको उमेरमा देउता बनी नाच्न लागेका भाईनाथ ज्यो श्रेष्ठ लाई भेट्दा आफू पहिलो पल्ट नाच्न जाँदै गर्दा निक्कै उत्साहीत रहेको जानकारी हामीलाई गराए।

आफू पहिले देखि नै भगवानमा बिसुद्ध आस्था राख्दै आएकोमा अहीले यो उमेरमा आएर देउता बन्न पाएकोमा आफू खुसि नै रहेको बताए । भाईनाथका ठूला दाजु श्याम ज्योले ४५ बर्ष नाचे भने उनका माहिला दाजुले २५ बर्ष नाचेका थिए । हाल काठमाण्डौको वडा न २९ मैतिदेवीमा बस्दै आउनुभएका नीज बिगत लामो समय देखि व्यापार ब्यबसायको सिलसिलामा काठमान्डौ बस्दै आएका छन । पहीलो नाच नाच्न आफूमा निक्कै आत्मबिस्वास रहेको बताए ।

तेस्रो पंतिका सिंह देवताका रूपमा २०६२ सालमा देवगण प्रवेश गरेका समीर बुढा श्रेष्ठ को यही २०७८ असार १२ गतेका दिन असामहिक निधन भए पश्चात दाजुभाई खलकका युवा सुजन बुढा श्रेष्ठ पनि यो बर्ष पहिलो पल्ट नाच्दैछन ।
सुजन बुढा श्रेष्ठ

३० वर्षकोउमेरमा सिंहको मुकुण्डो लगाएर आजीवन नाच्न तम्तयार उन्ले हामी संगको कुराकानीमा आफू समय र परिस्थितिले आफूलाई देवगणको सदस्य बनाएको बताए । देवता बनि सकेपश्चात आफूमा डर र उत्साह मिश्रीत भावना आएको तर साथीभाई , इष्टमित्र र आफन्तले दिएको बधाई शुभकामना र सुभेकच्छाले भने आत्मबल बढेको बताए ।

श्याम कृष्ण दुवा श्रेष्ठ

क्षेत्रपालका रूपमा लामो समय नाचिसकेका शिवराम दुवा श्रेठको यो बर्ष क्यान्सर रोगका कारण निधन भएपछी उन्कै दाजुभाई खलकका भाई पर्ने श्याम कृष्ण दुवा श्रेष्ठ पनि यसपाली पहीलो पटक क्षेत्रपालको रूपमा नाच्दैछन।अहीले उमेरले ३५ मा हिंड्दै गरेका उनी  निलबाराही नाचमा क्षेत्रपाल बनेर नाच्न पाउनु सौभाग्यको रूपमा लिन्छन्। भगवान प्रतिको आस्था र निलबाराही नाच प्रतिको सानै बेलादेखिको उनको आकर्षणका कारण आफूले भन्दा पनि भगवान स्वयमले आफूलाई देउताको रूपमा चयन गरेको मान्छन । उन्का बुबा शंकर दुवा श्रेष्ठ पनि आजभन्दा बिसौ वर्ष अगाडी दिवंगत हुनु अगाडी सम्म क्षेत्र पालको रूपमा रहेका थिए । 

पहीलो पल्ट नाच्दै गर्दा आफूमा अलि कति डर अलि कति उत्साह रहेको बताए।कोरोनाको कारण भिडभाड कम गर्न रात्रि समयमा निष्कन र बिहान ६ देखि ७ बजे सम्म समापन गर्ने कुरा उन्ले थपे। युवा पुस्तामा परिआएको खण्डमा आफ्नो पहिचान रुपि मौलिक परम्परा र संस्कृति जोगाउन पछी नहटत अनुरोध पनि गरे।

निलबाराही नाच बिशुद्ध धार्मिक तान्त्रिक नाच भएकोले यो नाच हेर्न उपत्यकाका बिभिन्न स्थानहरूबाट दर्शणार्थीहरुको भीड लाग्ने गर्छ। तर अघिल्लो बर्ष जस्तै यो बर्षपनि कोरोणा भाईरसको महामारीबाट जोगिने बिधिपूर्वक औपचारिकता मात्रै पुऱ्याउने नगरपालिकाका प्रमूख मदन सुन्दर श्रेष्ठ सहीतको गुठीयारहरूको बैठकले गरेको छ ।भिडभाड कम गर्न पुजा ग्रहण पनि नगर्ने उक्त बैठकले गरेको थियो।

बिज्ञान श्रेष्ठ – मध्यपुर डायरी

Buzz Education

ताजा समाचार

आज नागपन्चमी – घरघरमा नागको पुजा गरी मनाईदै ।

Madhyapur Diary

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एअरको जहाज

Madhyapur Diary

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy