खेलकुद समाचार

मध्यपुर लिगको २० औं खेलमा वडा ५ द्वारा वडा ९ पराजित – नतिजा – ३ – ०

Buzz Education

असोज – ३० -मध्यपुर लिग फुटबल प्रतियोगिता अन्तरगत आईतबार सम्पन्न भएको २० औं खेलमा वडा न ५ द्वारा वडा न ९ पराजित भएको छ । वडा न ५ द्वारा वडा न ९ लाई ३ – ० को गोल अन्तरले पराजित गरेको हो । वडा न ५ का फरवार्ड जर्शी न ११ का नबीन कुटुले खेलको ११ औ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने खेलको ७८ मिनेटमा जर्शी न २ का डिफेन्डर सुदर्शन श्रेष्ठले पेनाल्टी सुट मार्फट गोल गरी वडा ५ लाई अग्रता दिलाए । खेलको अन्तिममा वडा न ९ बिरुद्ध वडा ५ का जर्शी न २० का डिफेन्डर प्रफुल श्रेष्ठले गोल गरी वडा ५ जित दिलाएका थिए । खेलमा वडा न ९ का रोनीश धेके राजबाहक र यमन राजबाहकले पंहेलो कार्ड पाएका छन भने वडा न ५ का राज प्रजापति र सृजन प्रजापतिले पंहेला कार्ड प्राप्त गरेका छन । वडा न ५ का गोलकिपर सरीन नापित म्यान अफ दि म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

कतै तपाईलाई ‘हटट्याक’ त भइरहेको छैन ? यसरी सजिलै पत्ता लगाउनुस्

Madhyapur Diary

भक्तपुरमा माघ ५,६,७, र ८ गते पुस्तक प्रदर्शनी हुने ।

Madhyapur Diary

गृह मन्त्रीद्वारा १२ सिडिओको सरुवा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy