घुमफिर शिक्षा समाचार

ग्ल्याडस्टोन ऐकेडेमीका बिद्यार्थीहरु पोखरा र घान्द्रुकको भ्रमणमा

Buzz Education

मध्यपुर थिमी मिलरोड ८ बोडे स्थित कक्षा १० का विद्यार्थी तथा शिक्षकहरु यतिबेला पोखरा र घान्द्रुकको प्रत्यक्ष अवलोकन भ्रमणमा व्यस्त छन् । तीन रात चार दिनको अवलोकन भ्रमणमा कक्षा १० का ५५ जना विद्यार्थी सहभागी रहेको अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले बताए ।


पाठ्य पुस्तकको सीमित घेराभन्दा बाहिर अथाह ज्ञान भण्डार रहेको र सो ज्ञान प्राप्तिको लागि भ्रमण दलमा सहभागी भएको विद्यालयकि छात्रा दिया खड्काले बताइन। पारिवारिक भ्रमणमा यो गर त्यो नगर जस्ता निषेधको वातावरण हुने तर विद्यालयद्वारा आयोजित भ्रमणमा साथीभाइसँग रमाइलो गरिनुका साथै हेड व्बाइको नाताले अरु साथीहरुको जिम्मेवारी समेत बहन गर्नु पर्ने भएकाले भ्रमण फलदायी रहने विश्वास विद्यालयका हेड व्बाइ मञ्चन रानामगरले व्यक्त गरे।


बिहान करिब ७:०० बजे विद्यालयको प्राङ्गणबाट सुरु भएको यात्रा थानकोट हुँदै धादिङको गल्छिमा आएर ब्रेकफास्टसँगै मुङ्लिनको थकाली खानाको स्वादसँगै साँझको झिलिमिली बत्तीले श्रृङ्गारेकी सुन्दर नगरी पोखरा पुगेर पहिलो दिनको यात्राले होटल दरवार स्विटमा विश्राम लिएको विद्यालयका को अर्डिनेटर गुणनिधि कोइरालाले बताउनु भयो।

दोश्रो दिन अर्थात असोज २९ गते शनिबार बिहान सबेरै फेवाताल स्थित तालबाराही माताको दर्शन पश्चात् बिहानको ब्रेकफास्ट होटल दरवार स्विटमा खाएर हेम्जाको सुन्दर र फराकिलो सडक यात्रा गर्दै सुन्दर तथा साँस्कृतिक गुरुङ बस्ती घान्द्रुक पुगेर आजको बास होटल भिलेज इनमा बसि गुरुङ बस्तीको अवलोकन गरेपछि भोलि पुनः पोखरा फर्केर सुन्दर प्राकृतिक नगरी पोखराको विभिन्न स्थलको अवलोकन भ्रमणपछि पर्सि अर्थात असोज ३१ गते सोमबार भक्तपुर स्थित विद्यालय फर्कने योजना रहेको विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराईले बताउनुभयो ।

Buzz Education

ताजा समाचार

मध्यपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ प्याबसन भक्तपुर अध्यक्षमा निर्वाचित ।

Madhyapur Diary

मध्यपुर लिग २१ औ खेलमा वडा न १ द्वारा वडा न ६ पराजित | नतिजा -१-०

Madhyapur Diary

उदयीमान बलिउड नायिका अनन्याको घरमा प्रहरी छापा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy