समाचार समाज

नगदेशमा आयोजित गुँला धर्म नगर परीक्रमाले युवाहरुमा संस्कृति मोह बढाउंदै

Buzz Education
मध्यपुर डाएरी संबाददाता – जेनिश बाडेको रिपोर्ट
भदौं – ३ – मध्यपुरको नगदेश निवासी २४ वर्षीय रोनिश शाहु सधैं सुत्न अगाडी आफ्नो मोबाईलमा अलार्म सेट गर्न भुल्दैन। उठ्न ढीला हुन सक्ने भएकोले उनी एउता मात्र हैन,२ वा ३ अलार्म सम्म सेट गरेर सुत्छन । नगदेशमा गत श्रावन ३२ गतेबाट औपचारिक रुपमा गुँला बाजा नगर परिक्रमा सुरू भए देखि उनले बिहान चाँडै उठन २ वा ३ ओटा अलार्म सेट गरेर सुत्ने गरेका छन। मोबाईलमा आलर्म सेट गदै उनी भन्छन ” अलार्म त हल्नै पर्यो नि ! “उनी धा: बाजा ( गुँला परिक्रमामा बजाईने बिशेष बाजा) बजाउन हरेक दिन भक्तालुहरु संगै टोलका बिभिन्न स्थानहरूमा पुग्छन ।
मध्यपुर थिमि -७ का दिपेश बाडे पनि बिहान सबेरै उठ्छन । अरु दिनमा सबेरै उठे पनि उनी प्राय मर्निङ वाक जान्थे । तर हिजो आज उनको दैनिकि फेरिएको छ । उनी हिजोआज गुँला पर्वमा सहभागी हुन जान्छन। उनी भन्छन ” ठ्याक्कै ५ : १५ बजे ब्युँझेर म दैनिक धा:बाजा बजाउन पुग्छु । बिगतका बर्षमा आफ्नो घर बाहिर नगर पारीक्रमा अवलोकन गरेको पुराना दिन सम्झिदै उनी भन्छन ” धा : को आवाज सुन्नै क्या रमाइलो ” उनी बताउछन ” पहिले घर बहिर घुम्न आउँदा म सधैं हेर्थे मात्रै ” । त्यती मात्र होइन यस बर्ष उनले १ महिना धा : बाजा बजाउन प्रशिक्षण पनि लिए । अनि बल्ल अहिले धा: बाजा बजाउन सकेका छन ।
त्यस्तै बर्ष १८ का सीजन बके लाई भने बिहान उठ्न अलार्म चहिदैन ।धा : बाजा को आवाज नै उनको अलार्म बनेको छ । मौलिक बासुरी बाजाको लय सँग मिलाई बजाईएको धा : बाजाको ध्वनीले उनलाई गहिरो निन्द्राबाट बाट ब्युँझाईदिन्छ । टोलका प्राय युवा धा : बाजा बाधकहरु भन्छन अलार्म नै चहिदैन ।धा : बाजा मात्र हैन उनलाई अन्य बाजा सँग पनि त्यतिकै लगाभ छ ।
मध्यपुर थिमि -७ कि दान माया बाडे पनि दैनिक बिहान पूजा पाठ मा जुट्छीन। उनीलाई पूजापाठ र मन्दिर जाने र देबी देवाता को पूजा अर्चना गर्नु सामान्य दैनिकी नै हो । तर दुई तीन दिन देखी उनको पूजा पाठ तथा मन्दिर जाने तरीका फेरीएको ।उनी प्राय एउटा चामलले भरिएको टिनको बट्टा र थोरै बत्ती लिएर मन्दिर जन्थिन । तर अहिले उनी पूजा थालीमा भरी चामल राखी गुँला बाजाको तालमा मन्दिर जानेको जमात सँगै समावेश भएर नगदेश भरीका सबै देवालय र तीर्थस्थल पुग्छिन ।पहिले एक्लै जान्थिन भने अहिले उनी जस्तै सयौ भक्तजनहरु सँग सगोलमा जान्छिन ।
यसरी मध्यपुर थिमिको नगदेशमा गुँला परिक्रमा बिधिवत प्रारम्भ भएदेखी नगदेशबासीहरुको बिहानी दैनिकी फेरीन थालेको छ। युवा पुस्तामा उत्साह छाएको छ भने श्रद्धालुहरुमा उमंग छाएको छ । गुँला पर्वमा युवापुस्ता देखी जेष्ठ नागरिकहरू र बालबालिकाहरु सहभागी हुने गरेका छन।
श्रावन ३२ गतेबाट काठमाडौं उपत्यकामा गुँला पर्ब सुरु भए सँगै मध्यपुर थिमिका बिभिन्न स्थानहरूमा पनि सुरु भएको छ । मध्यपुर थिमिको नगदेश ,थिमि ,लोकन्थली लगायतका बस्तीमा पनि सुरू भएको छ। नगदेशमा नेवा: ऐतिहासिक सांस्कृतिक भजन खल २०८० साल को आयोजनामा सन्चालन भएको हो । थिमिमा मानन्धर तथा बज्राचार्य समुदायको आयोजनामा बिधिवत रुपमा गुँला परिक्रममा भईरहेको छ भने लोकन्थलीमा स्थानीयको सक्रियतामा बिधिवत रुपमा सञ्चालन भएको छ ।
नेपाल संवतको तिथि अनुसार वर्षेनी आउने १२ महिना मध्यको १० औं महिना गुँला महिना अर्थात गुँला पर्व हो । गुँला शब्द २ शब्द मिलेर बनेको छ । पहाड ,जंगल र १० अंक लाई जनाउने गुँ र महिना लाई जनाउने ला बाट गुँला शब्द बनेको छ।विक्रम संबत .अनुसार श्रावण शुक्ल प्रतिपदा देखि भाद्र शुक्ल पक्ष प्रतिपदाका दिन सम्म गुँला पर्व वा गुँला महिना मनाउने प्रचलन नेवा समुदाय मा रहेको छ । यस गुँला महिना अवधि भरी धा:बाजा ,नेकु मुहाली , बाँसुरी लगायतका मौलिक बाजा बजाएर विभिन्न बौद्ध चैत्य , मठ मन्दिर ,देवालय र बिहार दर्शन गर्ने गरिन्छ । धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सदभाब अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ। बौद्ध भक्तहरूले बिशेष पर्वको रुपमा लिने गरिएको यस पर्वमा पछील्लो समय हिन्दू एबम अन्य धर्मालम्बीहरुले पनि अनुसरण गरेको पाईन्छ ।
आयोजक नेवा ऐतिहासिक सांस्कृतिक भजन खलले आयोजित गुँला पर्व श्रावण शुक्ल प्रतिपदा गते बाट प्रारम्भ भएको गुँला पर्व २०८० भाद्र शुक्ल पक्ष प्रतिपदा का दिन सम्मपन्न हुने जनाएको छ । आयोजक खल का गुरु एबम् नगदेश गुँला धर्म सेवा २०८० व्यवस्थापन समितिका अध्यक्ष तुलसी भक्त घाजु ले श्रावण ३२ गते बाट सुरु भएको गुँला पर्व भाद्र ३० गते समापन गरिने बताए । ३२ श्रावण बाट गुँला धर्म प्रारम्भ भएको छ उनीले बताए भाद्र ३० गते पारुको दिन अन्य गरिने छ।
यसरी आधुनिक प्रबिधि संग अभ्यस्त भई सकेका युवा पुस्ता लाई आफ्नो संस्कृति , चाडपर्व मनाउन गुला धर्म नगर परिक्रमा केही हद सम्म सफल भएको छ । युवा पुस्तालाई आफ्नो कला, संस्कृति र चाडपर्व अनि रितिरीवाज सिकाउन योजनाबद्ध पहलको जरूरी भएको छ । नत्र युवा पुस्ता आधुनिकताको नाममा आफ्नो अस्तित्व रुपि संस्कृति र पहिचान बाट ताढा हुने खतरा हुन्छ । नगदेश स्थित नेवाः ऐतिहासिक सांस्कृतिक भजन खल: को युवा लक्षित यस बर्षको गुँला बाजा प्रशिक्षण कार्यक्रमले संस्कृति मासियो वा लोप भयो भनि बिलौना गर्नु भन्दा यस्को संरक्षण, सम्बर्धन र प्रबर्दन गर्न प्रयासहरू पनि गर्न जरूरी छ भन्ने ठूलो सन्देश दिएको छ ।
Like

 

Comment
Share

Buzz Education

ताजा समाचार

‘ईकुपिटाङ ‘ मार्फत ईकु ईकु अर्थात सुलेमान शंकर फेरी दर्शकमाझ आउँदै ।

Madhyapur Diary

५७ भाई संग ओलि नडराउने संकेत ।

Madhyapur Diary

भीम रावल द्वारा ऐमाले अध्यक्षमा उम्मेदबारी दिने आधिकारिक घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy