शिक्षा समाचार

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Buzz Education

बिनायक शिक्षामा australian स्वयममसेवक शिक्षकहरुलाई विदाई

आज मिति 2079 -6- 28 गते शुक्रबारका दिन विगत एक महिनादेखि मध्यपुर थिमिको विभिन्न अस्पतालहरुमा र विद्यालयमा स्वयंमसेवकको रुपमा कार्य गर्दै आउनुभएका अस्ट्रेलियाको Queenland युनिभर्सिटीका नर्सिङ विद्यार्थीहरुलाई एक कार्यक्रम बिच समापन तथा विदाई कार्यक्रमको आयोजना गरियो ।

बिनायक शिक्षा निकेतनका principal श्री सुरेन्द्र विक्रम प्रजापतिले volunteer शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नु हुदै सम्पूर्ण volunteer शिक्षकहरूले मध्यपुर ठिमी तथा विद्यालयलाई माया गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै volunteer शिक्षकहरुबाट विद्यार्थीहरुले नयाँ ज्ञान सीप सिक्नु का साथै सांस्कृतिक आदानप्रदान भएको कुरा बताउनुभयो ।

बिदाई कार्यक्रममा कक्षा 4 देखि 12 सम्मका विद्यार्थीहरु प्रतिनिधिहरुले यस्तो volunteer teacher बाट धेरै नयाँ कुराहरु सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो साथै विद्यालय शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै team leader kelly Hooper ले मध्यपुर ठिमी सांस्कृतिक रुपमा धेरै धनी र यस ठाउँका मानिसहरु धेरै दयालु र राम्रो भएको कुरा बताउनुभयो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्री शैलेन्द्रकुमार भट्टराई ले गर्नुभएको थियो ।

Buzz Education

ताजा समाचार

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

आर्दर्श माबि सानोथिमी फाईनलमा प्रवेश

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy