शिक्षा समाचार

बिनायकमा दशैको टिका जमरा कार्यक्रम सम्पन्न ।

विनायकमा टीका जमरा कार्यक्रम
मध्यपुर ठिमी भक्तपुर
शिक्षाले संस्कृति निर्माण गर्छ, संस्कृतिले संस्कार जन्माउँछ र संस्कारले असल नागरिक बन्न प्रेरित गर्दछ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको तथा शिक्षा संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको विनायक शिक्षा निकेतन ई स्कुलले यही असोज १० गतेका दिन घटस्थापनाको अवसरमा टीका जमरा कार्यक्रमको आयोजना गर्यो। विद्यार्थीहरुमा दशैंको रौनकता थप्नु ,दशैं संस्कृतिलाई व्यवहारिकरुपले विद्यार्थीमा सिकाउँदै जानु अनि टीका र जमराको महत्व तथा ठूलाबडाले आफूभन्दा सानालाई आशिर्वाद दिने परम्परालाई निरन्तरता दिन यस्ता पर्वहरु मनाउने गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निराैलाले जानकारी गराउनुभयो ।पूर्व प्रावि तह तथा प्रावि तहमा अध्यापनरत शिक्षिकाहरुको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई टीका, जमरा र दक्षिण समेत प्रदान गरिएको थियो।

कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सांस्कृतिक विविधता भएको हाम्रो देश नेपालमा हरेक संस्कृतिको सम्मान गर्ने बानीको विकास गर्न, सानै उमेरदेखि विद्यार्थीहरुलाई सिकाउन तथा अनेकता भित्र एकता तथा संस्कार युक्त शिक्षाको सार्थकता विद्यालयको उदेश्य भएकोले संस्कृतिको विकास र विस्तार गर्न विद्यालय प्रयत्नरत रहेको जानकारी गराउनुभयो।

कार्यक्रम हर्ष उल्लासका आयोजना गरी आजका कलिला मन र मस्तिष्कमा व्यवहारिक ज्ञान भरिदिने विद्यालयको प्रयासलाई अभिभावकहरु बाट प्रशंसा समेत गर्दै विद्यालय परिवारलाई धन्यवादसमेत ज्ञापन गरियाे।

ताजा समाचार

श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Madhyapur Diary

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

मानब शरीरमा सुँगुरको मृगौला प्रत्यारोपन सफल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy