समाचार समाज

सानोथिमि तेक्वान्डो परिवारको दोस्रो बार्षिक उत्सब सम्पन्न ।

Buzz Education
  • भाद्र – २४ सानोथिमि तेक्वान्डो परिवारको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमि ८ स्थित सिद्धि गणेश स्विमिङग पुलको सभा कक्षमा भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला तेक्वान्डो संघ भक्तपुरका अध्यक्ष श्याम तजलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सानोठिमी तेक्वान्डो दोजाङका कोषाध्यक्ष प्रल्हाद श्रेष्ठ द्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सचिब तेज कृष्ण श्रेष्ठ द्वारा संस्थाको गतिबिधि तथा भाबी योजना तथा लक्ष्यहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि श्याम तजलेले खेलकुदमा अनुशासित भएर लाग्ने हो भने जीवनमा धेरै कुराहरू पाउन सकिन बताउनुभयो । उहाले ओलम्पिकमा समेत समावेश भएको तेक्वान्डो खेलबाट जीवनमा आउने जुनसुकै बाधा अड्चन संग लड्ने क्षमता बिकास गर्न सकिने बताउनुभयो ।


कार्यक्रममा बोल्नु हुदै सानो ठिमी तेक्वान्डो परिवारका संरक्षक तथा सल्लाहकार नरेन्द्र थापा मगरले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिई अगाडी बढेका सानो ठिमी तेक्वान्डो परिवारले दोस्रो बर्ष पुरा गरेकोमा शुभकामना ब्यक्त गर्नु भयो । तेक्वान्डो खेलाडी तथा संस्थाका सदस्य अनिश बैद्यले संस्थाले अन्य ठाउँमा केन्द्रित गर्नु भन्दा पनि सानो ठिमी टेक्वान्डो परिवारबाट उत्पादित खेलाडीमा गुणस्तर ल्याउन जोड दिनुपर्ने बताउनु भयो ।

सानो ठिमी तेक्वान्डो परिवारका अध्यक्ष तथा कार्यक्रमका सभापति इन्द्र चित्रकारले संस्थालाई दुई बर्ष सम्म पुर्‍याउन सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यबाद दिनुहुँदै सानोठीमी तेक्वान्डो परिवारको मुख्य उद्देश्य भन्नु नै तेक्वान्डो खेलको बृद्धि र बिकास गर्नु रहेको र खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्नु भनेको खेलाडी, गुरु र अभिभावक
को संयुक्त मिश्रणले मात्र सम्भब हुने बताउनुभयो ।

Buzz Education

ताजा समाचार

सिजीले ल्यायो सस्तो इन्टरनेट

Madhyapur Diary

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

बोडेको कमल पोखरीमा डुबेर ६ बर्षिय बालकको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy