Uncategorized

मध्यपुरको बिनायकमा तीज नृत्य प्रतियोगिता सम्पन्न ।

Buzz Education

भदौ -१३ सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनको हिमायती बिनायक शिक्षा निकेतन इङग्लीस सेकेन्डरी स्कुल मध्यपुर थिमि भक्तपुरले यही भाद्र १३गते हिन्दूहरूको महान पर्व हरितालिका तीज पर्वको पावन अवसरमा तिज नृत्य प्रतियोगिताको आयोजना गरियो। कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु समावेश गरिएको र तीन चरणमा गरिएको उक्त प्रतियोगितामा करिब ४७ जना विद्यार्थीहरुले भाग लिएका थिए।

हरेक संस्कृतिको संरक्षण र सम्मान हुनु पर्दछ सम्पूर्ण जातजातिका संस्कृति बचेमा मात्र नेपाली संस्कृति जीवन्त रहन सक्छ भन्ने अभिष्टका साथ यस्ता कार्यक्रमहरु स्थापनाकालदेखि नै विद्यालयले गर्दै आएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो ।

नृत्य निर्देशक बालमुकुन्द प्रजापतिको निर्णायकत्वमा सञ्चालित उक्त कार्यक्रम शिक्षिका सन्ध्या झा काे संयोजकत्वमा भएको थियो। कक्षा 9 का विद्यार्थीहरु सुबी भासिमा तथा तेजस्वी प्रजापतिले सञ्चालन गरेको उक्त प्रतियोगितामा विद्यालयका विद्यार्थीहरु तथा शिक्षिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए।

 

Buzz Education

ताजा समाचार

सुख : मात्र एक दृष्टिकोण – चिन्तनको चौतारी

Madhyapur Diary

पेट्रोलियम पदार्थमा बढ्यो फेरी मूल्य ।

Madhyapur Diary

सिद्दि गणेश मिलीजुली पासा समुहद्वारा बोडेकी क्यानसर पिडित बिरामीको लागि १ लाख सहयोग प्रदान ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy