मध्यपुर थिमि को धुन्चो पाखो बोडे मार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रामेछाप लिखु गाउँपालिका ६ घर भई हाल मध्यपुर थिमी धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङको निधन भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले थिमी बोडे ८ तीनदोबाटोस्थित धुन्चेपाखाबाट बोडेतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताए। घटनास्थलबाट तामाङलाई उपचारका लागि नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमी लगिएकोमा उपचारकै क्रममा निधन भएको उनले जानकारी दिए।
घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी स्कुटी महानगरीय प्रहरी वृत थिमी, भक्तपुरमा राखिएको बताईएको घ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
