समाचार समाज स्वास्थ्य

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Buzz Education

मध्यपुर थिमि ८ बोडे स्थित श्री पांचो गणेश बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार बोडेको खपला चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजाना गरीएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समिति सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा  ६० जना भन्दा बढीले रक्तदान गरेका छन । जसमध्य ४४ जना पुरुष र १७ जना महिला रक्तदाताहरू रहेका छन । बिगतमा पनि बिभिन्न सामाजिक कार्यहरू मार्फत समुदायमा योगदान पुर्‍याउँदै आएको पांचो गणेश बचत तथा ऋण सहकारीले आफ्नो बार्षिक कार्यतालिका अनुरूप नै उक्त रक्तदान कार्यक्रम आयोजना गदै आएको संस्थाका अध्यक्ष गणेश मान चक्रधरले बताउनु भयो ।


बिहान ८ बजेदेखि सुरु भई ११ बजे सम्म सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सदस्यहरूका अलावा बिभिन्न स्थानहरूबाट आई रक्तदान गर्ने रक्तदाताहरूका अलावा स्थानीयको पनि उल्लेख्य सहभागिता रहेको समाज सेवी दिल कृष्ण प्रजापतिले मध्यपुर डायरी संबाददातालाई बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाका अलावा मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व नगर प्रमुख मदन कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापति लगाएत, वडा न ६ पूर्व अध्यक्ष इन्द्र बहादुर प्रजापति लगाएत बिभिन्न महानुभाब हरुको उपस्थिति रहेको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा आज मंशिर १७ गते देखि पुष २ गते सम्म मतदाता नामावली संकलन हुँदै ।

Madhyapur Diary

बसले स्कुटरलाई ठक्कर दिंदा कलंकीमा दुईको मृत्यु ।

Madhyapur Diary

राष्ट्रिय जनमुक्ति पार्टि द्वारा कमेडियन अपूर्व क्षितिज माथि कारबाहीको माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy