समाचार समाज स्वास्थ्य

बोडेको पांचो गणेश साकोसले भदौ ३ गते रक्तदान कार्यक्रम आयोजना गर्ने ।

भदौ १ मध्यपुर थिमि नगरपालिका वडा न ८ स्थित पांचो गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २०७९ -३ गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगतमा पनि बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि उक्त कार्यक्रम आयोजना गर्न लागेको संस्थाका सदस्य दिल कृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै संस्थाका अध्यक्ष तथा नेपाली कांग्रेस नेता एवंम नेपाली कांग्रेस भक्तपुर जिल्ला पूर्व सभापति गणेश मान चक्रधरले बर्तमान अवस्थामा देखिएको रगतको अभाब परिपूर्ति गर्न केहि हदसम्म सहयोग पुगोस र रगतको अभाबले कसैले आफ्नो ज्यान गुमाउन नपरोस भनि आफूहरूले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको बताउनु भयो । उहांले संस्थाका सम्पूर्ण सदस्यहरु, नगरबासी एवंम सर्वसाधारणमा खुल्ला रक्तदान कार्यक्रममा सहभागी बनी पूण्य आर्जन गर्ने मौकाको सदुपयोग गर्न पनि सम्पूर्णमा अनुरोध गर्नु भयो । उक्त रक्तदान कार्यक्रम मध्यपुर थिमि नगरपालिका वडा न ९ स्थित बोडेको खपला टोलमा बिहान ८ बजे देखि हुने बताइएको

ताजा समाचार

खाद्य गोदाममा कुकुरले टोकेर २३ च्याङ्ग्रा मरे

Madhyapur Diary

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy