समाचार समाज

असोज १ गते सानोठिमीमा तेक्वान्दो प्रतियोगिता हुँदै । ।

Buzz Education

असोज १ गते मध्यपुर थिमिको वडा न ९ स्थित महेन्द्र माबिमा तेस्रो मध्यपुर अन्तर डोजाङ आन्तरीक तेक्वान्डो प्रतियोगित हुने भएको छ । सानोथिमि तेक्वान्डो अबिभावक समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा १२ महिला क्याटागोरी र१२ पुरुष तौल क्याटागोरी गरी सञ्चालन हुने बताईएको छ । जस अन्तरगत पुरुष तर्फ १२ वटा गोल्ड मेडल र महिला तर्फ१२ वटा गोल्ड मेडल , त्यस्तै पुरुष तर्फ १२ सिल्भर मेडल र महिला तर्फ १२ सिल्भर मेडल र कपर मेडल तर्फ महिला र पुरुषको २४/२४ वटा पदक रहने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका भित्रका टेक्वान्दो डोजाङ हरुको सहभागिता रहने र उक्त प्रतियोगिताम कुल ८६ जना खेलाडी हरुले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
WT को नया प्राबिधि अनुशार खेलाईने बताईएको उक्त प्रतियोगितामा पहिलो र दोस्रा खेल जितिसकेको अवस्थामा स्वत बिजयी घोषणा गरीने बताईएको छ । प्रतियोगिता बाट प्रथम हुन सफल खेलाडी हरुलाई जिल्ला, प्रदेश, र राष्ट्रिय प्रतियोगिता सम्म प्रतिस्पर्धाको लागि पठाइने सानोथिमि तेक्वान्डो परिवारका संस्थापक अध्यक्ष तथा पूर्व भक्तपुर जिल्ला तेक्वान्डो संघका अध्यक्ष इन्द्र चित्रकारले बताउनु भयो । सानोथिमि तेक्वान्दो परिवार अबिभाबक संघका अध्यक्ष सिजन बस्नेतले अबिभाबक हरुको अगुवाईमा हुन गईरहेको मध्यपुर नगर अन्तर डोजाङ तेक्वान्डो प्रतियोगितामा खेल, खेलाडी, र प्रशिक्षक प्रति देखाईएको लगाब प्रति सबैमा धन्यबाद ब्यक्त गर्नु हुँदै प्रशिक्षक एक्लैको प्रयासले मात्रै उत्कृप्त खेलाडी उत्पादन गर्न नसकिने भएकाले अबिभाबक तथा खेलप्रेमीको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो ।

Buzz Education

ताजा समाचार

नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसमा दुई पत्रकारहरु पुरस्कृत |

Madhyapur Diary

पल शाहलाई पुर्पक्षका लागि थुना पठाउने आदेश ।

Madhyapur Diary

भक्तपुरना कानुन ब्यबसायीहरुको भेला सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy