समाचार समाज

असोज १ गते सानोठिमीमा तेक्वान्दो प्रतियोगिता हुँदै । ।

असोज १ गते मध्यपुर थिमिको वडा न ९ स्थित महेन्द्र माबिमा तेस्रो मध्यपुर अन्तर डोजाङ आन्तरीक तेक्वान्डो प्रतियोगित हुने भएको छ । सानोथिमि तेक्वान्डो अबिभावक समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा १२ महिला क्याटागोरी र१२ पुरुष तौल क्याटागोरी गरी सञ्चालन हुने बताईएको छ । जस अन्तरगत पुरुष तर्फ १२ वटा गोल्ड मेडल र महिला तर्फ१२ वटा गोल्ड मेडल , त्यस्तै पुरुष तर्फ १२ सिल्भर मेडल र महिला तर्फ १२ सिल्भर मेडल र कपर मेडल तर्फ महिला र पुरुषको २४/२४ वटा पदक रहने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका भित्रका टेक्वान्दो डोजाङ हरुको सहभागिता रहने र उक्त प्रतियोगिताम कुल ८६ जना खेलाडी हरुले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
WT को नया प्राबिधि अनुशार खेलाईने बताईएको उक्त प्रतियोगितामा पहिलो र दोस्रा खेल जितिसकेको अवस्थामा स्वत बिजयी घोषणा गरीने बताईएको छ । प्रतियोगिता बाट प्रथम हुन सफल खेलाडी हरुलाई जिल्ला, प्रदेश, र राष्ट्रिय प्रतियोगिता सम्म प्रतिस्पर्धाको लागि पठाइने सानोथिमि तेक्वान्डो परिवारका संस्थापक अध्यक्ष तथा पूर्व भक्तपुर जिल्ला तेक्वान्डो संघका अध्यक्ष इन्द्र चित्रकारले बताउनु भयो । सानोथिमि तेक्वान्दो परिवार अबिभाबक संघका अध्यक्ष सिजन बस्नेतले अबिभाबक हरुको अगुवाईमा हुन गईरहेको मध्यपुर नगर अन्तर डोजाङ तेक्वान्डो प्रतियोगितामा खेल, खेलाडी, र प्रशिक्षक प्रति देखाईएको लगाब प्रति सबैमा धन्यबाद ब्यक्त गर्नु हुँदै प्रशिक्षक एक्लैको प्रयासले मात्रै उत्कृप्त खेलाडी उत्पादन गर्न नसकिने भएकाले अबिभाबक तथा खेलप्रेमीको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो ।

ताजा समाचार

मध्यपुर थिमिमा घरको चारतला माथि बाट खसेर युवकको मृत्यु ।

Madhyapur Diary

श्री ३ बिष्णु बिर धिमे खल:ले जित्यो उपत्यका ब्यापी धिमे : प्रतियोगिताको उपाधि |

Madhyapur Diary

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy