अर्थतन्त्र समाज स्वास्थ्य

मध्यपुर थिमि राधेराधे स्थित भाटभटेनीमा जिल्ला प्रशासन कार्यालयको अनुगमन ।

Buzz Education

असोज १४ भक्तपुरको मध्यपुर थिमि स्थित राधेराधेमा भातभटेनी सुपर मार्केटमा अनुगमन गर्दा अनियमितता भेटीएको छ। चाडबाड नजिकिए सँगै जिल्ला प्रशाशन कार्यालयले गरेको बजार अनुगमनका क्रममा चिनी तथा खाने तेलमा २० % भन्दा बढी नाफा लिएको पाईएको बताईएको छ ।

मध्यपुर थिमि
अनुगमनकै क्रममा टोलिले खरीद बिल देखाउन नसकेको र मुल्य सुचि देखाउन नसकेको अवस्थामा उपभोक्ता संरक्षण ऐन अन्तरगत कारबाही गरीने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार केशरीले बताउनु भएको छ । बेच्न राखिएका तरकारीमा पनि तौल नपुगेको तथा महंगोमा बेचिएको कारण सम्झाई बुझाई गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, खाद्य तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता मन्च र मध्यपुर थिमि नगरपालिकाको संयुक्त टोलिले बजार अनुगमन गरेको हो ।चाडबाड नजिकिए संगै अत्याधिक मूल्य बृदि भएको जनगुनासा आएपछी अनुगमन गरिएको जनाईएको छ।

Buzz Education

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा कार्यक्रम संचालनमा । नगर प्रमुखद्वारा उदघाटन ।

Madhyapur Diary

बर्ष मान पुन थाईल्याण्ड प्रस्थान

Madhyapur Diary

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौंः ओली

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy