असोज १४ भक्तपुरको मध्यपुर थिमि स्थित राधेराधेमा भातभटेनी सुपर मार्केटमा अनुगमन गर्दा अनियमितता भेटीएको छ। चाडबाड नजिकिए सँगै जिल्ला प्रशाशन कार्यालयले गरेको बजार अनुगमनका क्रममा चिनी तथा खाने तेलमा २० % भन्दा बढी नाफा लिएको पाईएको बताईएको छ ।

अनुगमनकै क्रममा टोलिले खरीद बिल देखाउन नसकेको र मुल्य सुचि देखाउन नसकेको अवस्थामा उपभोक्ता संरक्षण ऐन अन्तरगत कारबाही गरीने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार केशरीले बताउनु भएको छ । बेच्न राखिएका तरकारीमा पनि तौल नपुगेको तथा महंगोमा बेचिएको कारण सम्झाई बुझाई गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, खाद्य तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता मन्च र मध्यपुर थिमि नगरपालिकाको संयुक्त टोलिले बजार अनुगमन गरेको हो ।चाडबाड नजिकिए संगै अत्याधिक मूल्य बृदि भएको जनगुनासा आएपछी अनुगमन गरिएको जनाईएको छ।
