राजनीति समाचार समाज

कानुन अध्यन समाजका तर्फबाट बार चुनाबमा उम्मेदबारी दर्ता ।

Buzz Education

काठमाडौँ, २३ फागुन । चैत १९ गते हुने नेपाल बार एसोसिएसनको केन्द्रीय कार्य समितिको निर्वाचनमा कानुन अध्ययन समाजले सोमबार उम्मेदवारी दर्ता गरेको छ ।
समाजको तर्फबाट पाटन उच्च अदालत बारका अधिवक्ता अनिता जधारीले अध्यक्ष, भक्तपुर जिल्ला अदालत बारका अधिवक्ता राधेश्याम सुवालले महासचिव, दैलेख जिल्ला अदालत बारका अधिवक्ता शिवराज दाहालले सदस्य पदको निम्ति उम्मेदवारी दर्ता गर्नुभयो । त्यस्तै अधिवक्ता गम्भीरमान ज्याख्वले जनजाति खुला सदस्य पदको निम्ति उम्मेदवारी दर्ता गराउनुभयो ।
नेपाल बार काठमाडौँस्थित प्रमुख निर्वाचन अधिकृत कार्यालयमा कानुन अध्ययन समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उम्मेदवारी दर्ता गरेको हो ।


सो क्रममा समाजका अध्यक्ष प्रजापतिले उम्मेदवारी दर्ताको लागि लिइने चर्को शुल्कको विरोध गर्दै निर्वाचनलाई न्याय क्षेत्रमा व्याप्त विकृति–विसङ्गति, अनियमितता र राजनीतिक हस्तक्षेपको विरोधमा समाजले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकतामा असर पार्ने एमसीसी परियोजनाको विरोधमा देशभक्त नेपाली जनताको आवाज उठाउन पनि बारको निर्वाचनलाई उपयोग गर्ने बताउनुभयो ।

श्रोत – अनलाइन मजदुर

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

जिल्ला प्रशासन कार्यालय द्वारा होलीमा उतश्रृंखल गतिबिधि गर्नेलाई कारबाही गर्ने ।

Madhyapur Diary

मध्यपुर ९ – निकोसेरा भक्तपुर सडक खण्ड ढलान गरीने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy