समाचार समाज

मध्यपुर -५ दिगुटोल स्थित शिवमन्दिर पुननिर्माण सिलान्यास सम्पन्न ।

Buzz Education

मंशिर – २४ – मध्यपुर थिमि ५ दिगु टोल  परिसर स्थित महादेब मन्दिर पुननिर्माण गर्न शुक्रबार सिलान्यास कार्य सम्पन्न गरीएको छ । मध्यपुर थिमि भित्रका सम्पदाहरूमध्ये ऐतिहासिक र धार्मिक महत्व बोकेको दिगुली परिसरमा रहेको महादेब मन्दिर जिर्ण अवस्थामा रहेकोमा मध्यपुर थिमि नगरपालिका द्वारा उपभोक्ता समिति मार्फत निर्माण कार्य अगाडी बढाउन लागिएको हो ।

बिज्ञापन

२०७८ मंशिर २३ गते बाट शुरू भएको उक्त परियोजना २०७९ – जेठ – ३० गते भित्र पुननिर्माण सम्पन्न गरीसक्नु पर्ने बताइएको छ । स्थानीय जगत कुमार प्रजापति अध्यक्ष रहने गरी गठित दिगु भैरब परिसर उपभोक्ता समिति मार्फत रू ४९, ९१,२२१/ २७ मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा पुननिर्माण हुन लागेको हो।

परियोजनाको इन्चार्जका रूपमा मध्यपुर थिमि नगर पालिकाका इन्जिनियर प्रेम लाल भासिमा रहनु भएको छ । उक्त शिलान्यास कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अन्जाना देबी मधिकर्मी, वडा न ५ का वडा अध्यक्ष अमृत लाल श्रेष्ठ,उपभोक्ता समितिका अध्यक्ष जगत कुमार प्रजापति लगाएत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

जस्ले दसौ लाखको पुस्तक किने – सजिब श्रेष्ठ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy