समाज

भक्तपुरको सल्लाघारीमा सवारी दुर्घटना – एकको मृत्यु ।

Buzz Education

 

भक्तपुर, १२ चैत । भक्तपुरको सिर्जनानगरमा सवारी दुर्घटना हुँदा सुडालका रमेश तिमिल्सिनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१  हेलम्बु यातायातको बसले सोही दिशातर्फ गइरहेको प्रदेश नं. ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सो ठक्करबाट चाँगुनारायण नगरपालिका ८ सुडालका ३६ वर्षका रमेश तिमिल्सना गम्भीर घाइते भएका थिए । घाइते तिमिल्सिनालाई डा. इवामुरा अस्पताल लगिएको थियो ।उनको उपचारको क्रममा गएराति साढे ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न दुबै सवारी र बस चालक विक्रम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौंको माकलबारी बस्दै आएका २८ वर्षे थापालाई नियन्त्रण लिई जगाति प्रहरी वृत्तमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनी नेकपा एमाले निकट युवा नेता रहेको पार्टी स्रोतले जनाएको

Buzz Education

ताजा समाचार

शंखधर पार्क उदघाटन हुदै, ( कार्तिक२८) नगरपालिका बिदा ।

Madhyapur Diary

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy