समाज

भक्तपुरको सल्लाघारीमा सवारी दुर्घटना – एकको मृत्यु ।

 

भक्तपुर, १२ चैत । भक्तपुरको सिर्जनानगरमा सवारी दुर्घटना हुँदा सुडालका रमेश तिमिल्सिनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१  हेलम्बु यातायातको बसले सोही दिशातर्फ गइरहेको प्रदेश नं. ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सो ठक्करबाट चाँगुनारायण नगरपालिका ८ सुडालका ३६ वर्षका रमेश तिमिल्सना गम्भीर घाइते भएका थिए । घाइते तिमिल्सिनालाई डा. इवामुरा अस्पताल लगिएको थियो ।उनको उपचारको क्रममा गएराति साढे ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न दुबै सवारी र बस चालक विक्रम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौंको माकलबारी बस्दै आएका २८ वर्षे थापालाई नियन्त्रण लिई जगाति प्रहरी वृत्तमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनी नेकपा एमाले निकट युवा नेता रहेको पार्टी स्रोतले जनाएको

ताजा समाचार

जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा १६ बुँदे आदेश जारी

Madhyapur Diary

मध्यपुरको मिनी कोशी टप्पुमा पानी चरा गणना कार्य सम्पन्न ।

Madhyapur Diary

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy