समाचार स्वास्थ्य

मध्यपुरमा मुहाली बाजा डकुमेन्ट्री सार्वजनिक हुँदै ।

चैत्र -११- यस बर्षको ’तेजकृष्ण नानीमाया स्मृति पुरस्कार’ आशाकाजी थकु, अन्नपुर्णेश्वरी श्रेष्ठ र अशोककुमार बस्नेतलाई प्रदान गर्ने निर्णय गरिएको छ । दबुलि नेपाल, मध्यपुर थिमिले उनीहरुलाई दश हजार राशीको उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

चैत १९ गते शनिबार नयाँ थिमिस्थित थिमि बैंक्वेटमा हुने उक्त कार्यक्रममा दबुलि नेपालले सम्पदा संरक्षण र अन्य विकास निर्माणको कार्यमा देशभरका नगरपालिकामध्ये प्रथम हुन सफल भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र तृतिय स्थान हासिल गर्न सफल मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा मध्यपुर थिमि नगरपालिका र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएको वृत्तचित्र ‘मुहाली बाजा’को पहिलो प्रदर्शन गरिने आयोजक संस्थाका गणेश राम लाछीले बताउनु भएको छ ।

ताजा समाचार

बझाङमा पहिरोमा परी १३ जना सम्पर्कबिहिन

Madhyapur Diary

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

पासो लगाएको डोरी मंहगोमा बेच्न एकको पासो लगाई हत्या | अन्धबिश्वासले लियो ज्यान ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy