समाचार

पल शाहलाई पुर्पक्षका लागि थुना पठाउने आदेश ।

 

चैत्र १० नाबालिग जबरजस्ती करणीको आरोपमा पक्राउ परेका चैत्र -११ अभिनेता तथा मोडल पल शाह लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि बिहिवार थुनामा पठाउने आदेश गरेको छ ।बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन ।
चलचित्र क्षेत्रमा सक्रिय अभिनेता शाहले गायन क्षेत्रकी एक नाबालिग गायिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित गायिकाले आफ्ना बाबुआमासँग पुगेर गत फागुन ११ गते जिल्ला अदालत तनहुँमा जाहेरी दिएकी थिइन् ।


शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो ।

 

ताजा समाचार

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुरमा स्थानीय चुनाबमा महिला बिषयक कार्यशाला सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy