समाचार

पल शाहलाई पुर्पक्षका लागि थुना पठाउने आदेश ।

Buzz Education

 

चैत्र १० नाबालिग जबरजस्ती करणीको आरोपमा पक्राउ परेका चैत्र -११ अभिनेता तथा मोडल पल शाह लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि बिहिवार थुनामा पठाउने आदेश गरेको छ ।बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन ।
चलचित्र क्षेत्रमा सक्रिय अभिनेता शाहले गायन क्षेत्रकी एक नाबालिग गायिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित गायिकाले आफ्ना बाबुआमासँग पुगेर गत फागुन ११ गते जिल्ला अदालत तनहुँमा जाहेरी दिएकी थिइन् ।


शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो ।

 

Buzz Education

ताजा समाचार

काठ्मान्डौको मूलपानीमा यौन धन्दामा लगाईएका ३ युवतीको उद्दार

Madhyapur Diary

नया सवारी चालक आबेदन खुल्ने

Madhyapur Diary

नाईजेरीया को जेलमा आक्रमण हुदा ८०० भन्दा बढी कैदी भागे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy